रु. १० लाख फिरौती माग्ने एक युवक पक्राउ

अर्थबिट २०७९-०९-१२ १४:४०:०० बजे

धनुषा।मधेस प्रदेश प्रहरीले रु १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग रु १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशङ्कर साहले बताउनुभयो । निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग रु १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिँदै आएको थियो । मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे र थप अनुसन्धानका लागि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।