मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

अर्थबिट २०७९-०९-१९ ०७:२४:०० बजे

काठमाण्डौ।मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । 

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने उहाँको भनाइ छ । 

वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टि/म्स//कुमार/सिएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ । 

यसैगरी मण्डिखाटार क्षेत्रमा वितरण सञ्जाल निर्माणमा टुँडी कन्स्ट्रक्सनले काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल÷सैलुङ जेभीले काम गरिरहेको छ । कुल रु सात अर्ब ३६ करोड तीन लाख ८४ हजार लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो । 

निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।