मौसम आंशिकदेखि सामान्य बदली

अर्थबिट २०७९-०९-३० १६:५२:०० बजे

काठमाण्डौ।पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । 

महाशाखाका अनुसार आज शनिवार तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको भएपनि यी क्षेत्रमा दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने भएको छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा रहने र तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।