अब मोबाइलबाटै शेयर कारोबार, बजार विस्तार हुने अपेक्षा

अर्थबिट २०७९-१०-०५ ०७:२३:०० बजे

काठमाण्डौ।धितोपत्रको दोश्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले शेयर कारोबार गर्न मिल्ने मोबाइल एप लन्च गर्ने भएको छ । 

नेप्सेको टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)अन्तर्गत मोबाइलबाटै सहजपूर्ण तवरले शेयर किनबेच गर्न एप लन्च गर्ने भएको हो । 

हाल मोबाइलमा टीएमएस चलाउन सहज र उचित नभएकाले मोबाइल फ्रेमवर्कमार्फत शेयर कारोबारका लागि एप लन्च हुने भएको नेप्सेस्थित एक उच्च अधिकारीले जानकारी दिए । “हाल नेप्सेका सीइओ,बोर्ड मेम्बर,कर्मचारीलगायत बिदेश भ्रमणको कार्यक्रम भएकाले एप लन्चमा केही ढिलाई भइरहेको तर वहाँहरु आएपछि लन्च गर्ने तयारीमा हामी छौँ”,ती अधिकारीले दाबी गरे । 

नेप्सेले बनाउन लागिरहेको मोबाइल एप भने नट्सकै भेण्डर कम्पनी वाईको प्रालिले ५ लाख रुपैयाँमा बनाएको छ । हाल एन्ड्रोइड सिस्टममा मात्रै आवद्ध गराउन लागिएको उक्त एपबाट सहजै तवरले शेयर खरिदबिक्री गर्न मिल्ने बताइएको छ । मार्केट डेप्थ,अर्डर,ट्रेडलगायतका जानकारी उक्त एपमा राखिएको छ ।

नेप्सेले एप लन्च गरेपछि हाल धितोपत्रको दोस्रो बजारमा १५ लाख बढी शेयर लगानीकर्ता लाभान्वित हुनेछन् । शेयर कारोबार मोबाइलमैत्री भएसँग धितोपत्र बजारको विस्तार हुने अपेक्षा गरिएको छ । एपमार्फत शेयर कारोबार सहज भएमा कारोबार र कारोबार रकम पनि बढ्ने बताइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।