काठमाण्डौ।इक्रा नेपाल लिमिटेडले २ कम्पनीलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।
इक्रा नेपाल लिमिटेडले लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेड र हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।
इक्रा नेपाल लिमिटेडले लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडलाई(इक्रा एनपी–आइआर) बी नेगेटिभ निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्नेसम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् ।
यसैगरी इक्रा नेपाल लिमिटेडले हिम स्टार उर्जा कम्पनी लिमिटेडलार्ई(इक्रा एनपी–आइआर)बी पोजिटिभ निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भएको इक्रा नेपालले स्पष्ट पारेको छ ।