काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले सोमबार गृह मन्त्रालयमा मन्त्री लामिछानेसँग भेटगरी सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा बिषयमा जानकारी गराएको हो ।
मन्त्री लामिछानेसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन, सुनचाँदी ब्यवसाय सञ्चभालन सम्वन्धी आवश्यक कानून निर्माणका लागि पहल गर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति व्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न गृहमन्त्री लामिछानेसँग आग्रह गरे ।
त्यस क्रकममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले व्यवसायीले राखेका विषयहरुलाई आफूले गम्भीर रुपमा लिएको र समस्या समाधानका लािग सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । मन्त्री लामिछानेसँगको भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्षद्वय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।