चन्द्रागिरी हिल्सको जग्गा भाडाबापत मात्रै झण्डै रु. ४ करोड आम्दानी थपिने

अर्थबिट २०७९-१०-१५ १२:५७:०० बजे

काठमाण्डौ।चन्द्रागिरी हिल्स लिमिटेडको आम्दानी झण्डै ४ करोड रुपैयाँ थपिने भएको छ । 

चन्द्रागिरी हिल्स लिमिटेडले विविध प्रस्तावमार्फत जग्गा भाडाबापत ३ करोड ९० लाख रुपैयाँ आम्दानी बढ्ने भएको हो ।जसअनुसार ३९ रोपनीको वार्षिक ५० हजार लिजबापत आम्दानी रु.१९ लाख ५० हजार हुन आउँछ । चन्द्रागिरी हिल्स र यसको सहायक कम्पनी मल्टीपोखरा डेभलप्मेन्ट प्रा. लि. बीच भएको जग्गा भाडाको सम्झौता अनुमोदन भएपछि आम्दानी बढ्ने भएको छ । कम्पनीको तेह्रौँ वार्षिक साधारणसभामा विविध विषयअन्तर्गत सोही विषय माथि छलफलभई निर्णय भएको हो ।  

चन्द्रागिरि हिल्स लिमिटेड तथा यसको सहायक कम्पनी मल्टीपोखरा डेभलप्मेन्ट प्रा.लि.मिति २०७८ साल साउन १ गते देखि सम्झौतामा तोकिएको शर्तहरु दुवै पक्षलाई मान्य हुने गरी चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट सहायक कम्पनी मल्टीपोखरा डेभलप्मेन्ट प्रा. लि.को नाममा रहेको ३९ रोपनी जग्गा बीस वर्षको लागि वार्षिक पचास हजार रुपैयाँ प्रति रोपनी भाडा दिने गरि गरिएको सम्झौता लाई यस सभाबाट अनुमोदन गर्ने निर्णय भएको हो । 

चन्द्रागिरी हिल्स लिमिटेडको धितोपत्रको बजारमा हाल प्रतिकित्ता रु.१ हजार ३८० हाराहारीमा कारोबार भइरहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।