काठमाण्डौ।सुमेरु सेक्युरिटिज र आईएएफएस बीच बुधबार सहकार्यको सम्झौता भएको छ।
बजारमा स्टक ब्रोकर नं. ३९ ले परिचित सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल र आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन्।
कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताउनुभयो। यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन्।
आईएएफएसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आई।ए।एफ।एसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए। असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आईएएफएसले तालिम लिने विद्यार्थी र लगानीकर्ताहरुलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ्ग अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने तयारी गरेको छ।
आईएएफएसले सरस्वती पूजाको अवसर पारेर माघ १२ गते आफ्नो कार्यालय उट्घाटन गरेको थियो। काठमाण्डौको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावर ९सुमेरु सेक्युरिटिज रहेको भवनको चौथौ तल्लाको कार्यालयको उद्घाटन सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गरेका थिए।
कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, पूर्वअध्यक्ष अम्बिका पौडेल, ग्लोबल आइएमई क्यापिटका सीईओ पारसमणि ढकाल, गरिमा क्यापिटलका सीईओ निर्मल भट्टराई, नबिल इन्भेस्ट्मेण्टका सीईओ मनिष नारायण जोशी,उद्घाटन कार्यक्रममा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, लगानीकर्ता दिपेन्द्र अग्रवाल , मुक्ति अर्यालय, अतित लाल श्रेष्ठ ,रोहन कार्की लगायत लगानीकर्ताको उत्साह जनक उपस्थिति थियो।
सुमेरु सेक्युरिटिजले आफ्नो सेवा ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावरको तेस्रो तल्ला र शाखा कार्यालय झापाको बिर्तामोडबाट प्रदान गर्दै आएको छ।