बजारमा कच्चा सुनको चरम अभाव, आपूर्ति सुधार गर्न वाणिज्य मन्त्रीलाई ज्ञापनपत्र

अर्थबिट २०७९-१०-२३ ११:५६:०० बजे

काठमाण्डौ।बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरुले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधिमण्डलले उद्याग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघका तर्फवाट ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो । 

भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकवाट नियालेको उल्लेख गर्दै ब्यवसायीका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए । त्यसका लागि व्यवसायीसँग आवश्यकता अनुसार परामर्श गरेर अगाडि बढ्ने समेत उनले बताए । 

मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरुले सुनचाँदी कारोबारको निर्देशका समेत जारी गर्न आग्रह गरे । भेटका क्रममा व्यवसायीहरुले सुनचाँदी व्यवसायीहरुले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रमा उपाध्यक्ष द्वय पवन कुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाई बज्राचार्य र सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।