हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजारसहित कारोबारी पक्राउ

अर्थबिट २०७९-१०-२३ १७:५३:०० बजे

काठमाण्डौ।प्रहरीले काठमाण्डौबाट हुण्डी गर्न सङ्कलित रु ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । 

काठमाण्डौमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र बैँकले जारी गरेको आदेश/निर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न सङ्कलित उक्त रकमसँगै रु चार लाखको चेकसमेत बरामद गरेको छ । यसरी पक्राउ पर्नेमा कैलाली घर भई काठमाण्डौको बिजुलीबजार बस्ने किशोर चौधरी र सोही ठाउँका दीपेन्द्रबहादुर मल्ल रहेका छन् । 

मल्लले पाँच वर्षदेखि र चौधरीले चार महिनादेखि उक्त कारोबार गर्दै आएको पाइएको कोइरालाले जानकारी दिनुभयो । उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुझाइएको उहाँले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।