सुनचाँदी व्यवसायीका समस्या समाधान गर्न संयुक्त रुपमा अगाडि बढ्ने निर्णय

अर्थबिट २०७९-११-०५ १३:३०:०० बजे

काठमाण्डौ।सुनचाँदी व्यवसायीहरुले व्यवसायीले भोग्नु परेका समस्या समाधान गर्न संबद्ध संस्थाहरु एकवद्ध भई संयुक्त रुपमा अगाडि बढ्ने निर्णय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुुषण महासंघका प्रतिनिधिहरुको संयुक्त छलफलले यस्तो निर्णय गरेको हो । 

पछिल्लो समयमा सुनको आपूर्ति पर्याप्त मात्रामा नभएको, सुरक्षा निकायले अनावश्यक रुपमा व्यवसायीहरुलाई दुःख दिएको, व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति, नियम, निर्देशिका बनाउन राज्यले चासो नदेखाएको, भन्सार नाकावाट वैध तरिकाले ल्याइएका सुनका गहनाहरु पक्राउ गरेर अनावश्यक दुःख दिने जस्ता थुप्रै कार्य भएको भन्दै दुवै महासंघका प्रतिनिधिहरुले संयुक्त रुपमा दबाबमूूलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् । यसका लागि दुवै महासंघका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाउने र त्यसले तय गर्ने खाका अनुरुप कार्यक्रम अगाडि बढाउने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताउनुुभयो । 

उहाँका अनुसार दुवै महासंघका प्रतिनिधि रहने गरी बन्ने कार्यदलले नीति नियम बनाउन सम्बद्ध निकायमा पहल गर्ने, कच्चा सुनको पर्याप्त आपूर्तिका लागि व्यवस्था मिलाउन आग्रह गर्ने, व्यवसाय सञ्चालनका क्रममा देखापरेका समस्याा समधानका लागि संयुक्त रुपमा पहल गर्ने र आवश्यक परे आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्ने सहमति दुुई महासंघ बीच भएको छ ।

छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित उपाध्यक्ष विपिन रामुुदामु, पवन कुमार सोमानी, शिवकुमार सर्राफ, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुुदिप श्रेष्ठ, सचिव बकिरणभाई वज्राचार्य, सहकोषाध्यक्ष पद्म शुन्दर शाक्य र काठमाण्डौ सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुुरेशमान शाक्य सहभागी हुनुहुन्थ्यो । यस्तै सुनचाँदी रत्न तथा आभुुषण महासंघवाट अध्यक्ष सुरेस मान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, उपाध्यक्ष द्धारिका, सहकोषाध्यक्ष गणेस प्रसाद विश्वकर्मा काफ्ले सहभागी हुनुहुन्थ्यो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।