धरानमा ग्यास सिलिन्डर विस्फोट हुँदा आठ जना घाइते, चारकाे अवस्था गम्भीर

अर्थबिट २०७९-११-०९ १२:३४:०० बजे

काठमाण्डौ।धरानमा सोमबार ग्यास सिलिन्डर विस्फोट हुँदा आठ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका– १७ को आदर्श चौकस्थित सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास विस्फोट हुँदा आठ जना घाइते भएका वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिनुभयो ।

घाइते भएकाहरू मध्ये चार जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो ।

घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, आठ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका हुन् ।

घाइते सबैको उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । ग्यास चुहावट भएर विस्फोट हुँदा घरमा भने क्षति नभएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।