आजको मौसम : हल्का वर्षाको सम्भावना

अर्थबिट २०७९-११-१४ १५:५३:०० बजे

काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज काठमाण्डौमा आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना रहेको छ । अबको केही दिन प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशकमा बिहान र बेलुका मौसम खुल्ने भए पनि दिउँसो, मध्याह्न र अपराह्न बदली रहने मौसमविद् लामिछानेले उल्लेख गर्नुभयो । आज काठमाण्डौको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।