काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख २ हजार तोकिएको छ । गएको शुक्रबार प्रतितोला रु.१ लाख २ हजार ४०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.४०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख १ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु.१ लाख १ हजार ९०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले घटेर रु.एक हजार २६० मा आएको महासङ्घले जनाएको छ ।