अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

अर्थबिट २०७९-११-२२ १३:११:०० बजे

काठमाण्डौ।जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गर्नुभएको छ ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गर्नुभएको थियो । उहाँहरूबीच २०७४ सालमा विवाह भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।