बुटवलमा ‘आर्थिक र राजनीतिक वातावरणको पूँजीबजारमा प्रभाव’ विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

माधव पाण्डेय २०७९-११-२९ १०:१७:०० बजे

बुटवल।भलबारी जेसीजको आयोजना स्मार्ट इन्भेष्टर ग्रुप बुटवल र नेपाल पूँजीबजार लगानीकर्ता संघको सहयोगमा आइतबार शेयर बजारमा काका भनेर चिनिने केशब कोइरालाको उपस्थितिमा ‘आर्थिक र राजनीतिक वातावरणको पूँजीबजारमा प्रभाव’ विषयमा अन्तरक्रिया सम्पन्न  भएको छ ।

बुटवल क्षेत्रका सक्रिय  शेयर लगानीकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा पूँजीबजारका समसामयिक विषयमा घनीभूत छलफल भएको थियोे । 

भलबारी जेसीजका अध्यक्ष जेसी माधव पाण्डेयको अध्यक्षतामा कार्यक्रम सञ्चालन जेसी मीन तिवारीले गरेका थिए। कार्यक्रमको संयोजन जेसी जीवन भट्टराईले गरेका थिए। स्मार्ट इन्भेसष्टर बुटवलका संयोजक इन्जिनियर छबिन्द्र भट्टराईले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम गर्नु पर्ने धारणा राखे। बुटवलका सक्रिय शेयर लगानीकर्ता यमलाल भट्टराईले राज्यका आर्थिक र राजनीति वातावरणले पूँजीबजारमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा सोही अनुसार लगानीकर्ताले लगानी गर्नुपर्ने धारणा राखे । ब्रोकर नम्बर ५७ बुटवल शाखाका प्रमुख टेक राज भट्टराईले बजार बारेमा लगानीकर्ताका सचेत रहनुपर्ने र अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने विचार राख्दै यस क्षेत्रका लगानीकर्तालाई आफ्नो तर्फबाट दिनुपर्ने सुविधामा कुनै कमी नहुने प्रतिवद्धतासमेत गरे ।  

भलबारी जेसीजले नेतृत्व विकास, व्यवसायिक विकास, सामाजिक उत्तरदायित्व र अन्तराष्ट्रिय अवसरका क्षेत्रमा कार्य गर्दै आएको छ । वर्तमान अवस्थामा युवाहरुको पूँजी बजारमा उपस्थिति बलियो रहेको हुँदा सुरक्षित लगानीका लागि सचेत गराउन  यस कार्यक्रमको आयोजना गरिएको भलवारी जेसीज अध्यक्ष माधव पाण्डेयले जानकारी गराउँदै आगामी दिनमा यस प्रकारका कार्यक्रम आयोजना गरिने बताए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।