आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

अर्थबिट २०७९-११-३० १६:१५:०० बजे

काठमाण्डौ।आज दिउँसो देशका  पहाडी भू–भागका केही स्थानमा  चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । 

यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना  छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।