उत्कृष्ट लोगो बनाउनेलाई रु २५ हजार पुरस्कार

अर्थबिट २०७९-१२-०२ १४:३६:०० बजे

गलेश्वर। म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५ हजार दिने भएको छ ।

नगरपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिकाको प्रष्ट पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिकरूपमा आह्वान गरेको हो । 

लोगो निर्माण गर्दा बेनी नगरपालिकाको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत प्रयोग गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताउनुभयो । 

उहाँले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत नगरकार्यपालिकाको कार्यालयमा पठाउनु पर्ने बताउनुभयो । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई एक कार्यक्रम गरी सम्मान गरिने सूचनामा उल्लेख छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।