गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो

अर्थबिट २०७९-१२-०३ ०८:३५:०० बजे

काठमाण्डौ। गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो । 

उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आम्दानी पनि बढेको बताउनुभयो । उहाँका अनुसार यो वर्ष वैशाखदेखि फागुनसम्म टिकट बिक्रीबाट मात्रै रू एक करोड ७९ लाख ९१ हजार पाँच सय ४० आम्दानी भएको छ । 

“कोरोना महामारीको समयमा २०७७ र २०७८ सालमा जम्मा रू ७८ लाख ३६ हजार ७५८ आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्षभने राम्रो आम्दानी भएको छ ।”

उद्याम घुम्नका लागि ११ महिनामा तीन लाख २८ हजार नौ सय ६० जना आन्तरिक पर्यटक र एक हजार आठ सय २१ जना विदेशी पर्यटक यहाँ आएको उहाँले जानकारी दिनुभयो । उद्यानमा प्रत्येक वर्ष औसतमा चार लाखभन्दा बढी विद्यार्थी उद्यान भ्रमणका लागि आउने गरेको उहाँको भनाइ छ । 

विसंं २०१९ कात्तिक १२ मा राजा महेन्द्रले उद्घाटन गरेको शाही वनस्पति उद्यानको नाम परिवर्तन गरी विसं २०६३ असार १९ मा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो ।

उद्यान भ्रमणमा आउनेहरुको सुविधाका लागि खाजा घर, विद्युतीय सवारीबाट अवलोकनको व्यवस्था गरिएको छ । साथै आन्तुकले यहाँ विभिन्न प्रजातिका विरुवा खरिद गर्न पनि सक्छन् । उद्यानमा सामान्यतया विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेका छन् भने वनस्पति अनुसन्धानकर्ताका लागि पनि यो गन्तव्य बन्दै आएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।