काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आज (बुधबार) २ वटा नयाँ कम्पनीको आइपीओ सूचीकृत भएको छ।
बुधबार एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । एशियन हाइड्रोपावरको ३४ लाख कित्ता शेयर र कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता शेयर सूचीकृत भएको हो । दुवै कम्पनीका आज शेयर सूचीकृत भएसँगै भोलि(बिहीबार) बाट ती शेयर किनबेच गर्न सकिनेछ । भोलि स्पेशल प्रिओपन सेसनमा दुवै कम्पनीको पहिलो पटक कारोबार भएपछि नियमित कारोबार समयमा पनि शेयर खरिदबिक्री गर्न मिल्नेछ ।
यसैबीच नेप्सेले एशियन हाइड्रोको पहिलो कारोबारको लागि रु.९९.६० देखि रु. २९८.८० सम्मको मूल्यसीमा तोकिदिएको छ । उक्त सीमाबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। कम्पनीको ‘एएचएल’ सिम्बलबाट कारोबार हुनेछ ।
त्यसैगरी नेप्सेले कालिन्चोक दर्शन लिमिटेडको पहिलो कारोबारको लागि रु. ७८.१५ देखि रु. २३४.४५ सम्मको मूल्यसीमा तोकिदिएको छ । उक्त मूल्यसीमा बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। कम्पनीको ‘केडीएल’ सिम्बलबाट कारोबार हुनेछ।