तीन हेलिकप्टर पाइलट निलम्वित

अर्थबिट २०७९-१२-१० ०८:४६:०० बजे

काठमाण्डौ।नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाण्डौ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो । “यही २१, मार्च २०२३ मा काठमाण्डौबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएकोछ”, प्रवक्ता निरौलाले भन्नुभयो ।

त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।