मुलुकको आर्थिक विकासका लागि सबै मिलेर काम गरौंः अर्थमन्त्री महत

अर्थबिट २०८०-०१-२४ ०६:४३:०० बजे

काठमाण्डौ।अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासका लागि सबै मिलि काम गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सवै पक्ष सँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०८० बैशाख २४ गते आइतबार गएको महासँगको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औंल्याउनु भएको हो । 

त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गर्नुभयो । आफूले मुलुकको अर्थतन्त्रलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सबै मिलेर अगाडि बढ्दा तीव्रत्तर विकास गर्न कठिन नहुने बताउनुभयो  । त्यसक्रममा उहाँले सुनचाँदी ब्यवसायमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यले आर्थिक विकासमा सुनचाँदी व्यवसायीको भूमिकाका बिषयमा जानकारी गराउनुभयो । त्यसक्रममा उहाँले सुनचाँदी क्षेत्रमा देखिएका समस्या समाधानकालागि पहल गर्न मन्त्री महतसँग आग्रह समेत गर्नुभयो । अध्यक्ष शाक्यले सुनचाँदी कारोबार सम्वन्धी नीति, सुनको आपूर्ति लगायतका विषयमा मन्त्री महतको ध्यानाकर्षण गराउनुभएको थियो । 

भेटका क्रममा अर्थ मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेल, आर्थिक सल्लाहकार डा. पोषराव पाण्डे लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यसँगै उपाध्यक्ष विपिन रामुदामु र प्रवक्ता मनोज साह लगायतको उपस्थिति थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।