दैनिक आर्थिक राशिफल : यी राशिका शेयर कारोबारीलाई आज शुभ दिन छैन

अर्थबिट २०८०-०२-१८ १४:१७:०० बजे

दैनिक आर्थिक राशिफल स् २०८० जेष्ठ १८  गते  बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालिन लगानीकोलागी आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । शेयरबजार बाट लाभको अपेक्षा गर्न सकिने छ।  लगानीको लागि आजको दिन उपयुक्त रहेको छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक दृष्टिकोणले आजको दिन शुभ रहने छैन । ऋणको भारले मानसिकता ठीक नरहला । दैनिक कारोबारमा  निर्णय क्षमतामा कमी हुँदा सोचेजस्तो लाभ नहोला । वित्तीय , बाणिज्य तथा रियल स्टेट कारोबारीले संयमता साथ कारोबार गर्नुपर्दछ । शेयर बजारमा ऋणको प्रेशर बढी हुनेहरूले थप तनावको स्थिति भोग्नपर्ला । आज सम्हालिन जरुरी छ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चन्द्रमाको आजको गोचर सही नभएपनि अन्य ग्रहको बल तथा सहयोगले आजको दिनको आर्थिक अवस्था बलियो रहनेछ । अर्थोपार्जनको लागि गरिने दैनिक क्रियाकलाहरूमा साथीर साझेदारको सहयोगले राम्रो आम्दानी होला । नयाँ धनागम को अवसर प्राप्त होला । जमीन सम्बन्धी कारोबारीले संयमित हुन आवश्यक छ । शेयर बजारमा आफू भन्दा विज्ञको सल्लाहले उचित निर्णय लिन सहयोग पुग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अचल सम्पत्ति सम्बन्धी कारोबारमा बाधा व्यहोर्न पर्ला । बैंकिङ्ग कारोबार गर्ने ऋणीहरुलाई अनावश्यक ताकेदा आउला । दैनिक कारोबारमा नजिकैको मानिस बाट धोकाधडी हुने सम्भावना छ।  सरकारी पक्षबाट काम फत्ते गर्नुपर्ने व्यवसायीले सकारात्मक सूचना पाउन सक्नेछन्। शेयर बजार कारोबारीले धेरै मानसिक तनाव सामना गर्न पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रियल स्टेट, विद्युतीय माध्यमबाट हुने आर्थिक लाभमा बढोत्तरी हुनेछ।  रिसर्च तथा अनुसन्धान क्षेत्रको व्यापारीलाई नसोचेको लाभ हुनेछ । दैनिक कारोबारमा आय भन्दा व्याय हावी हुने सम्भावना छ।  इन्टेरियर डिजाइन, श्रृंगार सम्बन्धी पेशेवारले विशेष सावधानी लिनु जरुरी छ। शेयर कारोबारमा भने आजको दिन सही निर्णय लिन सकिनेछ।  

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक अवस्थामा सन्तुलन भएपनि विलासी वस्तुहरुमा खर्च हुनेछ।  रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । दैनिक कारोबारमा नया लगानीको सोच बन्नेछ । शेयर बजारमा लामो समयको लागि लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईंको राशिमा आज हुने चन्द्रमाको गोचर केतु ग्रहसँगै युतिमा भई पाप प्रभावमा भएका ग्रहको पूर्ण दृष्टिमा रहेको कारण आज धेरै गर्न खोज्दा खोज्दै पनि अवरोधको सामना गर्न पर्ला । फलाम, खनिज सम्बन्धी कारोबारीले उल्लेख्य लाभ लिन सकेपनि बैंक, जमीन र खाद्य सम्बन्धी कारोबारीले आज आर्थिक लाभको लागि धेरै मेहनत गर्न पर्दछ । सन्ध्याकालपछि अवस्था सामान्यीकरण हुनेछ भने शेयर कारोबारीलाई आज शुभ दिन छैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । वेभ र वेब सञ्जालसँग सम्बन्धी कारोबारीहरु ह्याकिङ मा पर्ने सम्भावना बढी भएकोले सावधानी अपनाउन पर्ला । रियलस्टेट कारोबारी लाई सामान्य लाभको अवस्था हुनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारीले असन्तुष्ट दिन व्यतीत गर्नपर्ला ।शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला । स्टक मार्केटको लागि आज शुभ दिन छैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लाभ स्थानको चन्द्रमा सँगै केतुको जोडले नयाँ आम्दानीको मार्ग प्रसस्त होला । चतुर्याई पूर्वक स्टक मार्केट, कमोडिटी मार्केट बाट लाभ होला ।  गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । दैनिक कारोबारबाट लाभ हुनेछ ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भौतिक सुख–सुविधा प्राप्त हुनेछ । चन्द्रमा को गोचर ठीक भएपनी अन्य ग्रहको राम्रो सपोर्ट नहुँदा व्यर्थको वादविवादमा पर्न सक्नुहुनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा हुन सक्नेछ । दैनिक कारोबारमा ध्यान दिन सके लाभ हुनेछ । रियल स्टेट कारोबारीले व्यर्थको काउन्सिलिङ्गमा समय खर्च गर्नपर्ला।शेयर बजारमा अरूको सल्लाह आज काम लाग्ने छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सावधानी अपनाउन पर्ने छ । तपाईंको राशिबाट चन्द्रमा अष्टम भावमा छन् । आकस्मात गरिने कुनैपनि निर्णय आज तपाइको पक्षमा हुनेछैन । बैंक तथा बित्तिय कारोबारमा उल्झन आउनेछ।  बिद्धुतीय कारोबारीले घाटा ब्योहोर्न पर्नेछ।  शेयर कारोबारीलाई आजको दिन शुभ छैन । सावधानीपूर्वक कारोबार गर्नपर्छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।