काठमाण्डौ।२०८० जेठ १९ गते शुक्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा तपाईंको राशिबाट सातौं स्थानमा छ। गोचरको हिसाबले यसको शुभ फल प्राप्त हुनेछ। व्यापार व्यवसायमा द्वितीयस्थानको सुर्यले चन्द्रमा बेध गर्नाले शुभ, अशुभ मिस्रित फल प्राप्त हुनेछ। मेशिनरी सामान सम्बन्धी व्यापारीहरुले विशेष नाफा आर्जन गर्न सकिने छ। बैंक, वित्तीय संस्थासँग आवद्ध कर्मचारी तथा व्यापारीलाइ शुभ समाचार मिल्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक लाभको समय छ। दैनिक कारोबार बढेर जानेछ। अचल सम्पत्ति कारोबारीहरुले नयाँ ग्राहकहरुसंग पर्याप्त छलफल गर्नपर्ला। काम बन्नेछ। बैंक तथा वित्तीय क्षेत्रबाट ऋण , लोन आदिको अपेक्षा गरिरहेकाहरुको सो सम्बन्धि बाधा अड्काउ फ़ुक्नेछन। नयाँ व्यवसायको लागि मार्गप्रशस्त होला। साथिभाइको लहलहैमा समय बर्बाद हुन सक्ने तर्फ ध्यान पुर्याउन जरुरी छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिनाकारण धन हानि हुनसक्नेछ। दैनिक कारोबारमा ध्यान दिन आवस्यक छ। ब्यापार व्यवसायमा एकाग्रताको कमीले आर्थिक व्यय हुन सक्नेछ। रियल स्टेट, वेब मिडिया को ब्यापार सन्तुलित हुनेछन। तत्त्कालिन लाभ लिन सकिने प्रकृतिका व्यावसायमा घाटा हुने भएपनी दीर्घकालीन लगानीको लागि भने आजको दिन शुभ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बहकावले अनावस्यक हानि हुनसक्छ। पाटनर्शिप बिजिनेशमा विश्वास बनाईरहन मुस्किल पर्ला। गैर नाफामुलक संस्थाको लागि आज पब्लिक रिलेशन राम्रो हुनेछ। पब्लिक कम्पनी, सरकारी कामसँग सम्बन्धित व्यवसाय राम्रो हुनेछ भने निजी क्षेत्रको बैंक वित्तीय संस्था तथा बीमासँगको कारोबार सहज रहने छैन।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन सुखद रहने छ। दैनिक कारोबारमा बढोत्तरी हुनेछ। आर्थिक आम्दानीको नयाँ स्रोत पत्ता लाग्न सक्छ। नयाँ वस्त्रादि तथा वाहन लिन सकिनेछ। परम्परागत पेशामा रहनेहरुले भरपुर लाभ लिने समय रहेको छ। बैंकिंग तथा बीमा क्षेत्रमा हुनेहरुको लागि आजको दिन शुभ रहेको छ। आक्रामक प्रवृति हावी हुनसक्छ , सावधानी जरुरी छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम रहेको छ। मानसिक असन्तोषको कारण व्यापार, व्यवसायमा सोचे जस्तो परिणाम मिल्ने छैन। दैनिक कारोबारमा हानि हुन सक्नेछ। रियल स्टेट कारोबारीले समयमा निर्णय लिन नसक्दा भै सक्नै लागेको काम पनि हुन नसक्ला। बीमा संग सम्बन्धित कारोबारीले उल्लेख्य लाभ लिन सक्नुहुनेछ भने साझेदारी व्यवसाय फस्टाउने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बहुमुल्य उपहारादी प्राप्त होला। बैंक तथा वाणिज्य सम्बन्धी व्यापारी , ठूलो लगानी गरी सञ्चालन गरिएको उद्योग गर्ने व्यापारीले आजको दिन सरकारी क्षेत्रबाट राहत पाउने योग छ। अड्केर रहेको कागजी कामहरु बन्ने छन्। जग्गा जमिन, बीमा लगायतका कारोबारीले सोचे जस्तो प्रतिफल पाउनसक्ने दिन रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक कारोबार बाट लाभ हुनेछ। कर्पोरेट र फाइनान्सियल क्षेत्रको उन्नतिले यस क्षेत्र संग आवद्ध ब्यवसायीले राम्रो लाभ लिन सक्नेछन। खनिज, मेशिनरी सामान र इलेक्ट्रोनिक क्षेत्र सन्तुलित रहनेछ। मध्यान्ह पछिको समय त्यति सन्तोषजनक नरहला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारिक हिसाबले अभिष्ट सिद्धि हुनेछ। पुराना अड्किएर रहेका कामहरु बन्नेछन। राज्य पक्षबाट मानसम्मान मिल्नेछ। कार्यक्षेत्रमा अनुकुल बाताबरण रहनेछ। व्यावसाय सम्बन्धि नया अवधारणा बिकसित हुनेछ। वित्तीय संस्था संगको कारोबार सुखदायक हुनेछ। दैनिक आर्थिक कारोबार बढने योग रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राज्यपक्षबाट असहज परिस्थितिको सामना गर्नपर्ला। समयमा काम नबन्दा तनाबको स्थिति होला। दैनिक व्यवसायमा हानि व्यहोर्न पर्ला। बैंक तथा वित्तीय क्षेत्रका व्यापारीले धेरै सम्झौतामुखी बन्नपर्नेछ। झुटा आरोप लाग्ने अवस्था आउन सक्ला। साँझपछिको समय सहज बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बीमा तथा मेडिकल सम्बन्धी कारोबारीले आकस्मात लाभ पाउन सक्ने योग छ। रियल स्टेट, बैंक तथा वाणिज्य क्षेत्रमा तनाव आज पनि कायमै रहनेछ। नयाँ लगानीको लागि अति सम्हालिनु पर्नेछ। गलत निर्णयको शिकार हुन सकिनेछ। मशिनरी समान सम्बन्धी व्यसायीहरुको लागि आजको दिन बिशेष अशुभ रहन सक्छ।
