काठमाण्डौ।२०८० जेठ ३१ गते बुधबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । रियल स्टेट सम्बन्धी कारोबारीले तुरुन्त लाभदायक काम शुरू गर्न सक्नुहुनेछ । बैंक तथा वित्तीय क्षेत्र सँग आर्थिक कारोबार गर्नेहरूलाई आज भाग्यशाली समय रहेको छ । शेयर बजारबाट लाभ लिन सक्नुहुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य समस्याले गर्दा ब्यापार व्यवसायमा समय दिन मुस्किल पर्नसक्छ। अनावश्यक झमेला आइपर्दा बैंक तथा वित्तीय कारोबारीले सास्ती खेप्न पर्ला । बहुमूल्य सामान हराउन सक्ने हुँदा सावधानी अपनाउनु होला। शेयर बजारमा सावधानीपूर्वक कारोबार नगरे पछुतो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा सबै प्रकारले लाभ मिल्नेछ । अड्किरहेका काम बन्नेछ, बाँकी र सापटी रकम पनि उठ्न सक्छ । रियल स्टेट, बैंक ( वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ ।। राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दैनिक कारोबारमा घाटा व्यहोर्न पर्ला । अनावश्यक विलासी वस्तुमा खर्च हुन सक्नेछ । भूमि तथा जमीन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यापारीहरूले सरकार तथा सरकारी क्षेत्रबाट सहयोग पाउन सकिन्छ । शेयर बजारमा लामो समयको लागि लगानी गर्न सक्दा लाभ हुने समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक दृष्टिले आजको समय कठिन हुनेछ । खर्च बढ्न सक्छ । सावधानी अपनाउन पर्नेछ । अचल सम्पत्तिको व्याय हुनसक्दछ । बैंक तथा वित्तीय संस्थाका कारोबारीलाई दैनिक कारोबारमा असहजता आउला । व्यर्थको भयले सताउन सक्ने हुँदा शेयर कारोबारीलाई आज शुभ अवस्था छैन।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक आर्थिक कारोवारबाट सोचे अनुसार लाभ नहोला , खनिज ,फलाम, तेल सँग सम्बद्ध व्यापारीहरु गलत निर्णयको शिकार बन्न सक्नेछन। रियल स्टेट , बीमा कारोबारीले जमेर लाभ लिन सक्नेछन् । शेयर कारोबारीलाई आजको दिन शुभ छैन । विशेष ख्यालगरी कारोबार गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक रूपले लक्ष प्राप्ति र कार्य उन्नतिको योग छ । अन्न, अनाज उत्पादन सम्बन्धी व्यावसायीहरुले मनग्ये लाभ लिन सक्नुहुनेछ । व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेसक्ने अवस्था भएपनी भावुकतामा आएर अनावश्यक खर्च हुनसक्नेछ । शेयर बजारबाट लाभ हुने योग छ । समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि तथा जमीन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यापारीहरूले सरकार तथा सरकारी क्षेत्रबाट सहयोग पाउन सकिन्छ । शेयर बजारमा लामो समयको लागि लगानी गर्न सक्दा लाभ हुने समय रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक व्यापारमा व्यर्थको आशंकाले समय बर्बाद हुनसक्छ । अन्य दिन भन्दा आज बढी श्रम गर्नुपर्नेछ । विद्युतीय कारोबारमा सक्रिय मीडिया सम्बन्धी व्यापारीलाई आजको दिन राम्रो बित्ने छ । बैंकिङ् क्षेत्र बाट उल्लेख्य लाभ नहोला । हतारमा निर्णय गर्न सक्ने समय भएको कारणले शेयर कारोबारीहरुलाई आजको दिन शुभ छैन।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ। झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। दैनिक कारोवार, व्यवसायबाट सोचेअनुरुप आम्दानि हुनेछैन। शेयर कारोवारीले आज बिशेष सतर्कता नअपनाए घाटा ब्यहोर्न पर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । आम्दानीका नयाँ श्रोत देखा पर्दै जानेछन् । साझेदारको राम्रो साथ् पाइने छ। बैंक तथा वित्तीय संस्थासंग आवद्ध ब्यापारीलाइ साथीभाईको पूर्ण सहयोग मिल्नेछ। शेयर कारोबारीलाई आजको दिन शुभ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक हिसाबले समय अनुकूल रहनेछैन। व्यापार व्यवसायलाई समय दिन नसक्दा लाभ लिन गर्हो पर्ला । वित्तीय र बाणिज्य क्षेत्रसँग सम्बन्धित कारोबारीलाई कागजी झमेला आउन सक्दछ , अपडेट रहन आवश्यक छ। स्टक मार्केटमा चनाखो भई कारोबार नगरे हानि हुने सम्भावना छ ।
