आजको आर्थिक राशिफल

डिकप्रसाद वशिष्ठ २०८०-०३-०२ १५:००:०० बजे

काठमाण्डौ।२०८० असार २ गते शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दैनिक कारोबार मध्यम तरिकाले चलने छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । आइटी, मिडिया जस्ता क्षेत्रमा लाभ भएपनि फाइनान्स, बैंकिङ् तथा बीमा सम्बन्धी कारोबार सुस्ताउने छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ व्यावसायको लागी फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापार तथा उद्योगतर्फ केही संघर्ष पछि सामान्य फाइदाको योग छ । दैनिक कारोवारमा आम्दानी भन्दा खर्च अधिक हुनसक्छ । अन्तराष्ट्रिय व्यापार तथा सेवाको क्षेत्रमा हुनेहरूले आजको दिन लाभ लिन सक्नेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विभिन्न प्रकारले वित्तलाभ हुने अवस्था रहेको छ । फाइनान्सिङ, बैंकिङ् र बीमा सँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । स्टील, फलाम सम्बन्धित उद्योगीहरुले आज नया काम शुरू गर्न सक्नुहुनेछ । दैनिक कारोबारमा आम्दानी बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दैनिक व्यापार व्यवसाय मध्यम रहने छ । रियल स्टेट, कन्स्ट्रक्सन जस्ता क्षेत्रमा रहनुहुनेको लागि आजको दिन आर्थिक लाभ हुनेछ । बैंक तथा वित्तीय क्षेत्रमा हुनेहरूले विशेष सावधानी अपनाउन पर्नेछ । सेवा क्षेत्रमा रहेकाहरुको लागि आजको दिन मध्यम बित्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक आम्दानी , क्रियाकलाप सन्तुलित रहनेछ । धार्मिक भ्रमण हुनसक्छ । दीर्घकालीन लगानीको योजना तर्जुमा गर्नसकिनेछ । दैनिक आर्थिक गतिविधि सुस्ताए पनि नयाँ लगानीका अवसर खुल्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दैनिक कारोबारमा ध्यान दिन आवश्यक छ । आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक ,वित्तीय संस्था र बीमा सम्बन्धित उपल्लो स्तरका व्यापारीले आजको दिन लाभ लिन सक्नुहुनेछ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालिन लगानीकोलागी आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजारबाट धेरै लाभको अपेक्षा गर्न सकिने अवस्था छैन।   

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । रियल स्टेट , बैंक तथा वित्तीय संस्था सम्बन्धी व्यापारीलाई आर्थिक लाभको योग छ। पैतृक सम्पत्तिबाट राम्रो आम्दानी हुनेछ। बीमा अभिकर्ता तथा आइटी क्षेत्रका व्यवसायीले बिशेष लाभ लिन सक्नेछन। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाइ आर्थिक हिसाबले शुभ रहेको छ। रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । सरकारी पक्षबाट हुने साथ् सहयोगको कमी रहनेछ। गहन अध्ययन गरी कारोबार गरे शेयरबजार बाट लाभको अपेक्षा गर्न सकिने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा नोक्शान खेप्न पर्ला। साझेदारसंग खटपट हुन सक्छ। झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । शेयर बजारमा धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । मानसिक बहकावले हानि बेहोर्न पर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शेयर बजारका लगानीकर्ताले आज दीर्घकालीन लाभ हुने नयाँ योजना बनाउनेछन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।