आजको आर्थिक राशिफल

डिकप्रसाद वशिष्ठ २०८०-०३-०३ १४:२२:०० बजे

काठमाण्डौ।२०८० असार ३ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । फाइनान्स , बैंकिंग तथा बीमा सम्बन्धि व्यवसायीले ब्यापार बढाउने अवसर पाउनुहुनेछ  । शेयर बजारका ट्रेडर्सहरुले आज नाफा लिनेछन।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो स्थानमा रहेकाले परिवार , साझेदार बाट व्यापारमा घाटा हुनसक्छ,सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । ब्यर्थको बाद( बिबादमा पर्न सकिनेछ। बीमा तथा हस्पिटल सम्बधि कारोबारीले लाभ लिन सकेपनी इलेक्ट्रोनिक मिडिया, वेब मार्फत कारोबार गर्ने लाइ आर्थिक लाभ लिन ठुलो कसरत गर्न पर्ला। शेयर कारोबारीले सम्हालिएर कारोबार गर्नपर्ने छ। नोक्शान हुने सम्भावना अधिक रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ ।नयाँ आम्दानीको मार्ग प्रसस्त होला । चतुर्याई पूर्वक स्टक मार्केट, कमोडिटी मार्केट बाट लाभ होला । गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । दैनिक कारोबारबाट लाभ हुनेछ । शेयर बजारबाट उल्लेख्य लाभ लिन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट बाह्रौ स्थानमा रहेकाले अनावश्यक काममा समय बित्न सक्छ। अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला । विज्ञको सल्लाह मान्नुको विकल्प छैन।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहेकाले नयाँ व्यावसायको लागी फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । स्टक मार्केट, कमोडिटी मार्केटबाट लाभ लिन सक्षम हुनुहुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहेकाले रियल स्टेट, विद्युतीय माध्यमबाट हुने आर्थिक लाभमा बढोत्तरी हुनेछ। रिसर्च तथा अनुसन्धान क्षेत्रको व्यापारीलाई नसोचेको लाभ हुनेछ । अन्य व्यापार तथा उद्योगतर्फ केही संघर्ष पछि सामान्य फाइदाको योग छ ।शेयर कारोबारमा भने आजको दिन सही निर्णय लिन थप अध्ययन र परिस्थितिको गहन विश्लेषण जरुरी छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहेकाले आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । अन्य ब्यापार व्यवसायमा सन्तुलित भइ कारोवार गरे नाफा लिन सकिनेछ। नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट आठौँ स्थानमा रहेको छ।आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । आकस्मिक लाभको अवस्था रहेकोले जग्गा जमिन तथा शेयर बजारबाट लाभ लिन सक्ने आवस्थामा आउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहेको छ। साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालिन लगानीकोलागी आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजारबाट धेरै लाभको अपेक्षा गर्न सकिने अवस्था छैन। लगानीको लागि आजको दिन उपयुक्त रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । रियल स्टेट , बैंक तथा बित्तिय संस्था सम्बध ब्यापारी लाइ आर्थिक लाभको योग छ। पैत्रिक सम्पत्ति बाट राम्रो आम्दानी हुनेछ। बीमा अभिकर्ताहरुले बिशेष लाभ लिन सक्नेछन। शेयर बजार बाट लाभ लिन सकिने छ। लामो समयको लागि लगानी गर्ने लगानीकर्ताहरुको लागि आज उत्तम समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाइ आर्थिक हिसाबले शुभ रहेको छ। रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । सरकारी पक्षबाट हुने साथ् सहयोगको कमी रहनेछ। गहन अध्ययन गरी कारोबार गरे शेयरबजार बाट लाभको अपेक्षा गर्न सकिने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथो स्थानमा रहेकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ । ब्यापार व्यवसायमा समय दिन नसक्दा नोक्शान खेप्न पर्ला। साझेदारसंग खटपट हुन सक्छ। झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । शेयर बजारमा धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । मानसिक बहकावले हानि बेहोर्न पर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।