आजको आर्थिक राशिफल

डिकप्रसाद वशिष्ठ २०८०-०३-१९ १३:४४:०० बजे

काठमाण्डौ।२०८० असार १९ गते मंगलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अर्थोपार्जनका लागि गरिने दैनिक क्रियाकलाप फलदायी रहन मुश्किल पर्छ । अपर्झट हुने गरिने कामको लागि आज अनुकूल अवस्था नरहे पनि लामो समयको लागि गरिने लगानीबाट धनागमका सम्भावना खुल्नेछन् ।इन्टेरियर डिजाइन, श्रृंगार आदि क्षेत्रका व्यापारीले भरपुर लाभ लिन सक्नेछन् । स्टक मार्केटमा लामो समयको लागी लगानी गर्न सक्नुहुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक हिसाबले लक्ष प्राप्ति तथा बित्त लाभका  प्रयासहरु सफल हुने योग बनेको छ । रियल स्टेट सम्बन्धी कारोबारीले तुरुन्त लाभदायक काम शुरू गर्न सक्नुहुनेछ । बैंक तथा वित्तीय क्षेत्र सँग आर्थिक कारोबार गर्नेहरूलाई आज सौँभाग्यशाली समय रहेको छ । शेयर करोबारीहरुले बजारबाट लाभ लिन सक्नुहुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक रूपले लक्ष प्राप्ति र कार्य उन्नतिको योग छ । अन्न, अनाज उत्पादन सम्बन्धी व्यावसायीहरुले मनग्ये लाभ लिन सक्नुहुनेछ । व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेसक्ने अवस्था भएपनी भावुकतामा आएर अनावश्यक खर्च हुनसक्नेछ । शेयर बजारबाट लाभ हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन धेरै सावधानी अपनाउन पर्नेछ ।   खनिज , फलाम, तेल सँग सम्बद्ध व्यापारीहरु गलत निर्णयको शिकार बन्न सक्नेछन। रियल स्टेट , बीमा कारोबारीले जमेर लाभ लिन सक्नेछन् । शेयर कारोबारीलाई आजको दिन शुभ छैन । विशेष ख्याल गरी कारोबार गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दैनिक कारोबारमा घाटा व्यहोर्न पर्ला । अनावश्यक विलासी वस्तुमा खर्च हुन सक्नेछ । भूमि तथा जमिन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यापारीहरूले सरकार तथा सरकारी क्षेत्रबाट सहयोग पाउन सकिन्छ । शेयर बजारमा लामो समयको लागि लगानी गर्न सक्दा लाभ हुने समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक सुख प्राप्त हुनेछ ।आर्थिक कारोबारमा  व्यर्थको वादविवादमा पर्न सक्नुहुनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा हुनसक्नेछ । दैनिक कारोबारमा ध्यान दिन सके लाभ हुनेछ । शेयर बजारमा अरूको सल्लाह काम लाग्ने छैन । गलत सल्लाहले गलत स्टक किनबेच हुनसक्ने भएकोले सावधानी जरुरी छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरकारी काम,ठेक्का पट्टा आदि व्यवसायीलाई  सरकार पक्षबाट भरपुर सहयोग मिल्नेछ।  बैंक तथा वित्तीय कारोबारीलाइ वित्त लाभ होला  । बहुमूल्य सामान हराउन सक्ने हुँदा सावधानी अपनाउनु होला। दैनिक जीवनयापनसँग प्रतक्ष सम्बन्ध राख्ने व्यवसायीहरुलाई  आर्थिक हिसाबले मध्यम समय रहने छ । नया र तुरुन्त लाभ लिन सकिने व्यवसायमा विविध प्रकारले लाभ हुन सक्नेछ।  शेयर बजार कारोबारीलाइ आजको दिन शुभ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दैनिक कारोबारमा पर्याप्त ध्यान दिन नसक्दा आर्थिक कठिनाइले समस्या बनाउन सक्छ।  अनावस्यक झमेला आउन सक्छ।  बैंक तथा वित्तीय संस्थासँग आवद्ध व्यापारीहरुलाई आजको दिन मध्यम रहने छ।  बैदेशिक रोजगार व्यवसायीले लाभ लिन सक्नुहुनेछ।  शेयरबजारमा आज सही निर्णय लिन नसक्दा आर्थिक हानि हुनसक्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दैनिक व्यापारमा व्यर्थको आशंकाले समय बर्बाद हुनसक्छ । अन्य दिन भन्दा आज बढी श्रम गर्नुपर्नेछ । विद्युतीय कारोबारमा सक्रिय मीडिया सम्बन्धी व्यापारीलाई आजको दिन राम्रो बित्ने छ । बैंकिङ् क्षेत्र बाट उल्लेख्य लाभ नहोला । हतारमा निर्णय गर्न सक्ने समय भएको कारणले शेयर कारोबारीहरुलाई  आजको दिन शुभ  छैन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिवार , साझेदारबाट व्यापारमा घाटा हुनसक्छ,,चेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । व्यर्थको वादविवादमा पर्न सकिनेछ। बीमा तथा हस्पिटल सम्बधि कारोबारीले लाभ लिन सकेपनी इलेक्ट्रोनिक मिडिया, वेब मार्फत कारोबार गर्नेलाई आर्थिक लाभ लिन ठूलो कसरत गर्न पर्ला।  शेयर कारोबारीले सम्हालिएर कारोबार गर्नपर्ने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला।  साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । खनिज र जमिन सम्बन्धि व्यापारीले अनावस्यक उत्तेजना नियन्त्रण गरि कारोबार गर्नपर्नेछ। शेयर बजारमा कारोबार गर्नेले लाभ लिन सक्नेछन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापार व्यवसायमा समय दिन नसक्दा नोक्शान खेप्न पर्ला। साझेदारसँग खटपट हुन सक्छ।  झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ।   आर्थिक उपार्जनको अवसरको लागि निकै दौडधुप गर्नुपर्ने दिन छ । शेयर बजारमा धेरै लगानीपश्चात कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।