काठमाण्डौ।२०८० असार २० गते बुधबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसाय मध्यम हुनेछ। कार्य क्षेत्रमा परिश्रम अनुसारको फल नहुँदा नैरास्यता आउनेछ। बैंक तथा वित्तीय संस्थामा आवद्ध पेशाकर्मीलाइ अनावस्यक कामको चाप पर्नेछ। इन्टरनेटको माध्यमबाट गरिने व्यापारबाट लाभ लिन सकिनेछ। शेयर कारोबारीको द्विविधापूर्ण दिन रहनेछ। आजको दिन स्प्याकुलेटर तथा मिडियाबाजीको पछि लाग्दा नराम्रोसँग हानि हुनसक्नेछ। नजिकैको विश्वाश पात्रले झुक्क्याई दिनसक्छन , व्यक्तिगत लगानीकर्ताको लागि आजको दिन सहि नभए पनि संस्थागत लगानीकर्ताको लागि भने शुभ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राज्यपक्षबाट भएको अवस्था बन्नेछ। कागजी प्रक्रिया दुरुस्त राख्न मेहनत गर्नुपर्नेछ। आर्थिक क्षेत्र मजबुद हुनेछ। कार्य क्षेत्रमा मान , सम्मानको अवस्था सिर्जना हुनेछ । रियल स्टेट सम्बन्धी कारोबारीले तुरुन्त लाभदायक काम शुरू गर्न सक्नुहुनेछ ।आजको दिन शेयर कारोबारमा आक्रमकताले हानि गर्नसक्छ। गलत निर्णयको शिकार बन्न सकिनेछ। गलत कारोबार गर्नाले पछुतो हुनसक्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक समस्याहरु किनारा लाग्नेछन । लामो समयको लागि गरिने लगानीले राम्रो प्रतिफल दिनेछ। जग्गा जमिन व्यवसायीलाइ आजको दिन शुभ रहेको छ। बैंकिंग क्षेत्रका व्यवसायीलाइ मध्यम रहेको छ। शेयर कारोबारबाट लाभ लिन नसक्दा पछुतो हुनेछ।
शेयर बजारमा ग्रुप ट्रेडर्सहरुले गलत ट्रेड लिन सक्नेछन। व्यक्तिगत लगानीकर्ताहरुलाई आजको दिन शुभ रहनेछ। धेरै आक्रामक हुन सकिने हुदा सम्हालिन आवस्यक छ। समग्रमा आजको दिन शुभ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ - नयाँ लगानीका बाटाहरु बन्नेछन। दीर्घकालिन मुनाफाको सम्भावना अध्ययन हुनेछ। तथा इलेक्ट्रोनिक माध्यमले कारोबारमा सक्रिय, शेयर बजारसँग सम्बन्ध कारोबारीहरुले आज विशेष लाभ उठाउन सक्नेछन। वित्तीय क्षेत्र मजबुद हुनेछ। शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले उचित निर्णय लिन सक्नेछन। पारिवारिक एकाउन्ट बाट कारोवार गर्नेहरुले सहि निर्णय लिन सक्ने अवस्था भएपनि एक्टिभ व्यक्तिगत लगानीकर्ताहरुले आज सही निर्णय गर्न नसक्दा पछुताउन पर्ने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक हिसाबले लक्ष प्राप्ति तथा बित्त लाभका प्रयासहरु सफल हुने योग बनेको छ । रियल स्टेट सम्बन्धी कारोबारीले तुरुन्त लाभदायक काम शुरू गर्न सक्नुहुनेछ । बैंक तथा वित्तीय क्षेत्र सँग आर्थिक कारोबार गर्नेहरूलाई आज भाग्यशाली समय रहेको छ ।शेयर बजारमा ऋण गरि लगानी गर्नेहरुको लागि राहतको अवस्था रहनेछ। नयाँ लगानीमा मन जानेछ। दिर्घकालिन लगानी गर्ने पेसिभ लगानीकर्ताहरुले आज राम्रो मौकाको फाइदा उठाउन सक्नेछन।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अर्थोपार्जनका लागि गरिने दैनिक क्रियाकलाप फलदायी रहन मुश्किल पर्छ । अपर्झट हुने गरिने कामको लागि आज अनुकूल अवस्था नरहे पनि लामो समयको लागि गरिने लगानीबाट धनागमका सम्भावना खुल्नेछन् । इन्टेरियर डिजाइन, श्रृंगार आदि क्षेत्रका व्यापारीले भरपुर लाभ लिन सक्नेछन् ।
शेयर बजारमा ग्रुप ट्रेडर्सहरुले गलत ट्रेड लिन सक्नेछन। व्यक्तिगत लगानीकर्ताहरुलाई आजको दिन शुभ रहनेछ। धेरै आक्रामक हुन सकिने हुदा सम्हालिन आवस्यक छ। समग्रमा आजको दिन शुभ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक रूपले लक्ष प्राप्ति र कार्य उन्नतिको योग छ । अन्न, अनाज उत्पादन सम्बन्धी व्यावसायीहरुले मनग्ये लाभ लिन सक्नुहुनेछ । व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेसक्ने अवस्था भएपनी भावुकतामा आएर अनावश्यक खर्च हुनसक्नेछ ।
शेयर बजारमा बैंक तथा बित्तिय क्षेत्र तर्फा झुकाव जानेछ। आज लाभ लिन सक्ने अवस्था छ। आजको लगानीले पनि राम्रो प्रतिफल दिनेछ। व्यक्तिगत तथा संस्थागत लगानीकर्ता दुबैले राम्रो अवसर र लाभ लिने समय रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सरकारी काम , ठेक्का पट्टा आदि व्यावसायीलाई सरकार पक्षबाट भरपुर सहयोग मिल्नेछ। बैंक तथा वित्तीय कारोबारीलाइ वित्त लाभ होला । बहुमूल्य सामान हराउन सक्ने हुँदा सावधानी अपनाउनु होला। दैनिक जीवनयापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यवसायीहरुलाई आर्थिक हिसाबले मध्यम समय रहने छ । नयाँ र तुरुन्त लाभ लिन सकिने व्यवसायमा विविध प्रकारले लाभ हुन सक्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवार,साझेदारबाट व्यापारमा घाटा हुनसक्छ,सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । व्यर्थको वादविवादमा पर्न सकिनेछ। बीमा तथा हस्पिटल सम्बन्धी कारोबारीले लाभ लिन सके पनि इलेक्ट्रोनिक मिडिया, वेब मार्फत कारोबार गर्नेलाई आर्थिक लाभ लिन ठूलो कसरत गर्न पर्ला।
शेयर बजारमा डर र त्रासले उचित निर्णय लिन गाह्रो पर्ला। किनबेच गर्नपर्ने स्टक तुरुन्त मन परिबर्तन हुँदा अरु तिर मन जानसक्छ , जसले पछुतो बनाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । दैनिक व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।
शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले मनग्य आम्दानी गर्नसक्नेछन। संजालबाट प्रभावित भै कारोवार गर्नेहरुले गलत कदम चल्न सक्नेछन्। संस्थागत लगानीकर्ताहरुले जमेर मौकाको फाइदा उठाउन सक्नेछन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । वेभ र वेब सञ्जालसँग सम्बन्धी कारोबारीहरु ह्याकिङमा पर्ने सम्भावना बढी भएकोले सावधानी अपनाउन पर्ला । रियलस्टेट कारोबारी लाई सामान्य लाभको अवस्था हुनेछ ।शेयर कारोबारीले सम्हालिएर कारोबार गर्नपर्ने छ। लाभ भन्दा बादी हानि हुने सम्भावना छ। शेयर बजारमा धैर्य गर्न नसक्दा नोक्शान हुनसक्ला। आज अधिक व्यय हुने सम्भावना रहेको हुँदा नयाँ लगानीको लागि समेत उचित समय छैन।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रिसर्च तथा अनुसन्धान क्षेत्रको व्यापारीलाई नसोचेको लाभ हुनेछ । नयाँ व्यावसायको लागी फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । राज्यपक्षबाट सहयोग मिल्नेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । शेयर बजारबाट लाभ हुनेछ।
