काठमाण्डौ । वि.सं. २०८० श्रावण ३ गते बुधबार
मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक सरोकारका व्यापार, व्यावसायबाट भरपुर लाभ हुनेछ। दैनिक कारोबारमा वृद्धि हुनेछ। आइटी एण्ड हाइटेक सेक्टरमा रहनु हुनेको लागि आज विशेष लाभदायक दिन रहनेछ। फाइनान्स , बैंकिंग र बीमा सेक्टरमा रहनु हुनेहरुले आर्थिक लाभको लागि सधै भन्दा धेरै मेहनत गर्नुपर्नेछ। स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा हुनेहरुले आज चनाखो भई कारोबार गरे लाभ लिन सक्नेछन।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक सरोकारका व्यापार, व्यवसायबाट भरपुर लाभ हुनेछ। दैनिक कारोबारमा वृद्धि हुनेछ। आइटी एण्ड हाइटेक सेक्टरमा रहनुहुनेको लागि आज बिशेष लाभदायक दिन रहनेछ। फाइनान्स , बैंकिंग र बीमा सेक्टरमा रहनुहुनेहरुले आर्थिक लाभको लागि सधै भन्दा धेरै मेहनत गर्नुपर्नेछ। स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा हुनेहरुले नाफा लिन सक्नुहुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक हानिको योग रहेको हुँदा सावधानी जरुरी छ। साझेदारी व्यवसायमा खटपटको अवस्था आउनसक्छ। हेल्थ केयर, सोसियल केयर तथा सेवा क्षेत्रबाट लाभ लिन सकिनेछ। फाइनान्स , बैंकिंग र बीमासम्बन्धि व्यवसायीको लागि आज संघर्षपूर्ण दिन रहनेछ। शेयर कारोबारमा भने आजको दिन सही निर्णय लिन थप अध्ययन र परिस्थितिको गहन विश्लेषण जरुरी छ। मध्यान्ह पछिको समय अनुकुल रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उत्पादन र वितरण सम्बद्ध पेशा सम्बन्धी व्यवसायीले उल्लेख्य अर्थोपार्जन गर्ने योग रहेकोछ। फाइनान्स ,बैंकिंग र बीमा क्षेत्रका व्यवसायीको दिन मन्ध्यम बित्नेछ, बैदेशिक रोजगार सम्बन्धिका रोकिएका काम बन्नेछन। दैनिक कारोवारको अवरोध हट्नेछ। नयाँ लगानीको लागि समय अनुकुल छ। शेयर बजारबाट लाभ हुने सम्भावना रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । उत्पादन र वितरण सम्बन्धी व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । फाइनान्स , बैंकिंग तथा बीमा सम्बन्धी व्यवसायीले व्यापार बढाउने अवसर पाउनुहुनेछ । जल प्रसोधन तथा प्रज्वलनशील पदार्थ संग सम्बन्धित व्यवसायीले होसियारी अप्नाउन पर्नेछ। शेयर बजारका ट्रेडर्सहरुले आज नाफा लिनेछन।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ व्यवसायको लागि फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । कार्यस्थलमा सामान्य मनमुटावलाई बेवास्ता नगरे पछुतो हुनेछ । हेल्थ केयर, सोसियल केयर तथा सेवा क्षेत्रबाट वित्त लाभ हुनेछ। बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । जल ,बिद्ध्युत तथा बेभरेज क्षेत्रका व्यवसायीलाइ आजको दिन मध्यम रहेको छ। स्टक मार्केट, कमोडिटी मार्केटबाट लाभ लिन सक्षम हुनुहुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक हिसाबले जल , बिद्ध्युत तथा बेभरेज जस्ता क्षेत्रका व्यवसायीले आज वित्त लाभ लिन सक्ने छन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनसक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाइ आर्थिक हिसाबले शुभ रहेको छ। रियल स्ट्रेट एंड कन्स्ट्रकशन क्षेत्रमा बिशेष सावधानी जरुरी छ , नोक्शान सहन गर्नपर्ने सम्भावना छ। गहन अध्ययन गरी कारोबार गरे शेयरबजारबाट लाभको अपेक्षा गर्न सकिने छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानो प्रयासले ठुला आर्थिक समस्या समाधान हुने योग छ । नयाँ आम्दानीको मार्ग प्रसस्त होला । रियल स्ट्रेट एंड कन्स्ट्रकशन क्षेत्रबाट विशेष लाभ हुनेछ। गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । फाइनान्स , बैंकिंग र बीमा संस्थाबाट भरपुर सहयोग हुनेछ । दैनिक कारोबारबाट आर्थिक लाभ हुनेछ । स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केटबाट उल्लेख्य लाभ लिन सकिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक काममा समय बित्न सक्छ। नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । आइ टी एण्ड हाइटेक क्षेत्र संग सम्बन्धित व्यवसायीले बिशेष जोगिएर दैनिक कारोवार सम्पन्न नगरे गोप्य सूचना बाहिर आउन सक्छ। शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला । आज सावधानी आवस्यक देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । फाइनान्स , बैंकिंग र बीमा सम्बद्ध व्यवसायीलाइ आजको दिन अत्यन्त शुभ रहेको छ। दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालीन लगानीको लागि आजको दिन उत्तम रहेको छ । रियल स्ट्रेट एंड कन्स्ट्रकशन कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजार ट्रेडर्सको लागि उपयुक्त दिन नभए पनि दीर्घकालीन लगानीको लागि आजको दिन उपयुक्त रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । रियल स्टेट , बैंक तथा बित्तिय संस्था सम्बद्ध व्यापारीलाई आर्थिक लाभको योग छ। पैतृक सम्पत्तिबाट राम्रो आम्दानी हुनेछ। बीमा अभिकर्ताहरुले विशेष लाभ लिन सक्नेछन। स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा हुनेहरुले जमेर लाभ लिन सक्ने अवस्था रहेको छ। लामो समयको लागि लगानी गर्ने लगानीकर्ताहरुको लागि आज उत्तम समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक हिसाबले जल , बिद्ध्युत तथा बेभरेज जस्ता क्षेत्रका व्यवसायीले आज बित्त लाभ लिन सक्ने छन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनसक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाइ आर्थिक हिसाबले शुभ रहेको छ। रियल स्ट्रेट एंड कन्स्ट्रकशन क्षेत्रमा विशेष सावधानी जरुरी छ , नोक्शान सहन गर्नपर्ने सम्भावना छ। गहन अध्ययन गरी कारोबार गरे शेयरबजार बाट लाभको अपेक्षा गर्न सकिने छ।
