आजको आर्थिक राशिफल

डिकप्रसाद वशिष्ठ २०८०-०४-०४ ११:५८:०० बजे

काठमाण्डौ।२०८० श्रावण ४ गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । फाइनान्स , बैंकिंग र बीमा सम्बद्ध व्यवसायीलाइ आजको दिन अत्यन्त शुभ रहेको छ।  दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालिन लगानीकोलागी आजको दिन उत्तम रहेको छ । रियल स्ट्रेट एंड कन्स्ट्रकशन  कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजारबाट लाभको  अपेक्षा गर्न सकिनेछ । लगानीको लागि आजको दिन उपयुक्त रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनावश्यक काममा समय बित्न सक्छ। अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । आइ टी एण्ड हाइटेक क्षेत्र संग सम्बन्धित व्यवसायीले बिशेष जोगिएर दैनिक कारोवार सम्पन्न नगरे गोप्य सूचना बाहिर आउन सक्छ।  शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रियल स्टेट, विद्युतीय माध्यमबाट हुने आर्थिक लाभमा बढोत्तरी हुनेछ। आइ टी एण्ड हाइटेक, रिसर्च तथा अनुसन्धान क्षेत्रको व्यापारीलाई नसोचेको लाभ हुनेछ । बैदेशिक रोजगारमा राम्रो अवसर प्राप्त हुनेछ।  फलाम तथा उत्पादन र वितरणसम्बद्ध ब्यापारीले ज्यादा संघर्ष पछि सामान्य फाइदा लिनसक्ने योग छ ।शेयर कारोबारमा आजको दिन नयाँ लगानी साथै नाफा पनि गर्न सक्ने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक हिसाबले फाइनान्स , बैंक तथा बीमा क्षेत्र बाट लाभ लिन सकिनेछ।  इच्छाशक्ति  बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनसक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाइ आर्थिक हिसाबले शुभ रहेको छ। रियल स्ट्रेट एंड कन्स्ट्रकशन क्षेत्रमा बिशेष सावधानी जरुरी छ , नोक्शान सहन गर्नपर्ने सम्भावना छ।   गहन अध्ययन गरी कारोबार गरे शेयरबजार बाट लाभको अपेक्षा गर्न सकिने छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ व्यावसायको लागी फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । कार्यस्थलमा सामान्य मनमुटावलाइ बेवास्था नगरे पछुतो हुनेछ । हेल्थ केयर, सोसियल केयर तथा सेवा क्षेत्रबाट बित्त लाभ हुनेछ।  बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । जल ,बिद्ध्युत तथा बेभरेज क्षेत्रका ब्यावसायीलाइ आजको दिन मध्यम रहेको छ।  स्टक मार्केट, कमोडिटी मार्केटबाट लाभ लिन सक्षम हुनुहुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अनावश्यक काममा समय बित्न सक्छ। अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । आइ टी एण्ड हाइटेक क्षेत्र संग सम्बन्धित व्यवसायीले बिशेष जोगिएर दैनिक कारोवार सम्पन्न नगरे गोप्य सूचना बाहिर आउन सक्छ।  शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला । साझ ५ बजे पछिको समय शुभ रहनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । रियल स्टेट , बैंक तथा बित्तिय संस्था सम्बध ब्यापारी लाइ आर्थिक लाभको योग छ। पैत्रिक सम्पत्ति बाट राम्रो आम्दानी हुनेछ। बीमा अभिकर्ताहरुले बिशेष लाभ लिन सक्नेछन।  स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा हुनेहरुले जमेर लाभ लिन सक्ने अवस्था रहेको छ। लामो समयको लागि लगानी गर्ने लगानीकर्ताहरुको लागि आज उत्तम समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साझेदारी व्यवसायमा खटपटको अवस्था आउनसक्छ।  हेल्थ केयर, सोसियल केयर तथा सेवा क्षेत्रबाट लाभ लिन सकिनेछ।  फाइनान्स , बैंकिंग र बीमासम्बन्धि व्यवसायीको लागि आज संघर्षपूर्ण दिन रहनेछ।  शेयर कारोबारमा भने आजको दिन सही निर्णय लिन थप अध्ययन र परिस्थितिको गहन विश्लेषण जरुरी छ। आजको दिन मध्यान्ह पछिको समय तपाइको अनुकुल रहनेसम्भावना छ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक सरोकारका ब्यापार, व्यावसायबाट भरपुर लाभ हुनेछ।  दैनिक कारोवारमा वृद्धि हुनेछ।  आइ टी एण्ड हाइटेक सेक्टरमा रहनुहुनेको लागि आज बिशेष लाभदायक दिन रहनेछ।  फाइनान्स , बैंकिंग र बीमा सेक्टरमा रहनुहुनेहरुले आर्थिक लाभको लागि सधै भन्दा धेरै मेहनत गर्नुपर्नेछ। स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा हुनेहरुले आज  चनाखो भई कारोवार गरे लाभ लिन सक्नेछन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ ।  सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ।  झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। दैनिक कारोवार, व्यवसायबाट सोचेअनुरुप आम्दानि हुनेछैन। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीले राज्य पक्षबाट अवरोधको सामाना गर्नपर्ला  ।  शेयर कारोवारीले आज बिशेष सतर्कता नअपनाए घाटा ब्यहोर्न पर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उत्पादन र वितरण सम्बन्धि पेशा सम्बन्धि व्यवसायीले उल्लेख्य आर्थ आर्जन गर्ने योग रहेकोछ। फाइनान्स , बैंकिंग र बीमा क्षेत्रका व्यवसायीको दिन मन्ध्यम बित्नेछ, बैदेशिक रोजगार सम्बन्धिका रोकिएका काम बन्नेछन।  दैनिक कारोवारको अवरोध हट्नेछ।    नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्ट्रेट एंड कन्स्ट्रकशन सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीले राज्य पक्षबाट अवरोधको सामाना गर्नपर्ला  । स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा कारोवार गर्नेहरुले सम्हालिएर कारोवार गर्नपर्नेछ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।