काठमाण्डौ । वि.सं. २०८० श्रावण ५ गते शुक्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा समय दिन नसक्दा नोक्शान खेप्न पर्ला। झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ने दिन छ । मानसिक बहकावले हानि बेहोर्न पर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ । शेयर करोबारीको लागि आजको दिन शुभ रहने छैन।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पेसा र व्यवसायबाट लाभ हुनेछ । शेयर बजारमा सावधानीपूर्वक कारोबार नगरे पछुतो हुनेछ । रियल स्टेट, बैंक तथा वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ ।। राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिनभर समय राम्रो छ , अडकिरहेको काम बन्नेछ, बाँकी र सापटी रकम पनि उठ्न सक्छ । रियल स्टेट, बैंकतथा वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ । साँझबाट उताको समय तपाईंको पक्षमा हुनेछैन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । आकस्मिक लाभ र हानिको को अवस्था रहेकोले जग्गा जमिन तथा शेयर बजार कारोबारमा चनाखो हुन जरुरी छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालीन लगानीको लागि आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजारबाट धेरै लाभको अपेक्षा गर्न सकिने अवस्था छैन। लगानीको लागि भने आजको दिन उपयुक्त रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। साथि, सहयोगीबाट लाभ लिन सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । अन्य व्यापार व्यवसायमा सन्तुलित भई कारोबार गरे नाफा लिन सकिनेछ। नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कारोबार व्यवसायमा लामो समयदेखि अड्केर रहेका कामहरु आज बन्नेछन। व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेछ। साझेदारी व्यवसायीहरुको लागि आजको दिन विशेष शुभ रहने छ। शेयर बजारबाट लाभ हुने योग छ । आजपनि समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक कारोबारबाट फाइदा हुनेछ । आर्थिक क्षेत्रमा लगानी गरेको कामबाट मुनाफा लिन सकिनेछ। साझेदारी व्यवसायमा खटपटको अवस्था सिर्जना होला। जग्गा, जमिन ,रियल स्टेट आदिजस्ता एकल स्वामित्वमा रहेका कम्पनीलाई आज राम्रो लाभ हुनेछ। शेयर कारोबारीले बजारबाट लाभ लिन सक्नुहुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक हिसाबले दिन मध्यम छ। दैनिक कारोबारमा सामान्य लाभ हुनेछ। अनावश्यक विलासी वस्तुमा खर्च हुन सक्नेछ । भूमि तथा जमिन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ । शेयर बजारमा लामो समयको लागि लगानी गर्न सक्दा लाभ हुने समय रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अन्य दिन भन्दा आज बढी श्रम गर्नुपर्नेछ । विद्युतीय कारोबारमा सक्रिय मिडिया सम्बन्धी व्यापारीलाई आजको दिन राम्रो बित्ने छ । बैंकिङ् क्षेत्र बाट उल्लेख्य लाभ नहोला । हतारमा निर्णय गर्न सक्ने समय भएको कारणले शेयर कारोबारीहरुलाई आजको दिन शुभ छैन। अधिक व्यय हुनसक्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । खनिज र जमिन सम्बन्धि व्यापारीले अनावस्यक उत्तेजना नियन्त्रण गरि कारोबार गर्नापर्नेछ। शेयर बजारमा कारोबार गर्नेले लाभ लिन सक्नेछन।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक सुख प्राप्त हुनेछ ।आर्थिक कारोबारमा व्यर्थको वादविवादमा पर्न सक्नुहुनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा हुनसक्नेछ । दैनिक कारोबारमा ध्यान दिन सके लाभ हुनेछ । शेयर बजारमा आफै सक्रिय भै कारोवार गरे नाफा हुनेछ । गलत सल्लाहले गलत स्टक किनबेच हुनसक्ने भएकोले सावधानी जरुरी छ।
