काठमाण्डौ । वि. सं. : २०८० श्रावन २५ गते बिहीवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक दृष्टिकोणले आजको दिन शुभ रहने छैन । ऋणको भारले मानसिकता ठीक नरहला । दैनिक कारोबारमा निर्णय क्षमतामा कमी हुँदा सोचेजस्तो लाभ नहोला । वित्तीय , बाणिज्य तथा रियल स्टेट कारोबारीले संयमता साथ कारोबार गर्नुपर्दछ । शेयर बजारमा ऋणको प्रेशर बढी हुनेहरूले थप तनावको स्थिति भोग्नपर्ला । आज सम्हालिन जरुरी छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पेसा र व्यवसायबाट लाभ हुनेछ । शेयर बजारमा सावधानीपूर्वक कारोबार नगरे पछुतो हुनेछ । रियल स्टेट, बैंक - वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ ।। राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । वेभ र वेब सञ्जालसँग सम्बन्धी कारोबारीहरु ह्याकिङ मा पर्ने सम्भावना बढी भएकोले सावधानी अपनाउन पर्ला । रियलस्टेट कारोबारी लाई सामान्य लाभको अवस्था हुनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारीले असन्तुष्ट दिन व्यतीत गर्नपर्ला ।शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। साथि, सहयोगीबाट लाभ लिन सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । अन्य ब्यापार व्यवसायमा सन्तुलित भइ कारोवार गरे नाफा लिन सकिनेछ। नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कारोवार व्यवसायमा लामो समयदेखि अड्केर रहेका काम हरु आज बन्नेछन। व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेछ। साझेदारी ब्यावसायीहरुको लागि आजको दिन बिशेष शुभ रहने छ। शेयर बजारबाट लाभ हुने योग छ । आज समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन , त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।पेसा र व्यवसायबाट लाभ हुनेछ । शेयर बजारमा सावधानीपूर्वक कारोबार नगरे पछुतो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । आकस्मिक लाभको अवस्था रहेको ले जग्गा जमिन तथा शेयर बजारबाट लाभ लिन सक्ने आवस्थामा आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिनभर समय राम्रो छ , अड्की रहेको काम बन्नेछ, बाँकी/ सापटी रकम पनि उठ्न सक्छ । रियल स्टेट, बैंक - वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ । साझबाट उताको समय तपाइको पक्षमा हुनेछैन।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । साझेदारको राम्रो साथ् पाइने छ। बैंक तथा वित्तीय संस्थासंग आवद्ध ब्यापारीलाइ साथीभाईको पूर्ण सहयोग मिल्नेछ। समयको भएपुर सदुपयोग गर्नुहोला। शेयर कारोवारी लाइ आजको दिन शुभ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालिन लगानीकोलागी आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजारबाट धेरै लाभको अपेक्षा गर्न सकिने अवस्था छैन। लगानीको लागि भने आजको दिन उपयुक्त रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक हिसाबले दिन मध्यम छ। दैनिक कारोवारमा सामान्य लाभ हुनेछ। अनावश्यक विलासी वस्तुमा खर्च हुन सक्नेछ । भूमि तथा जमीन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ । शेयर बजारमा लामो समयको लागि लगानी गर्न सक्दा लाभ हुने समय रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिकरुपले आजको दिन उत्तम रहनेछ। रियल स्टेट, बैंक - वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ ।
