सिरहामा मिटरब्याजीको आरोपमा महिला पक्राउ

अर्थबिट २०८०-०४-२५ १४:५१:०० बजे

गोलबजार ।  सिरहामा चर्को मिटरब्याजको रकम चलाउने आरोपमा एक महिला पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

स्थानीय ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो  । उहाँमाथि थप अनुसन्धान भइरहेको बताइएको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा उजुरी परेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।