आजको आर्थिक राशिफल

डिकप्रसाद वशिष्ठ २०८०-०४-२८ १४:२७:०० बजे

काठमाण्डौ । वि.सं. २०८० श्रावण २८ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । फाइनान्स , बैंकिंग र बीमा सम्बद्ध व्यवसायीलाई आजको दिन अत्यन्त शुभ रहेको छ।  दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालीन लगानीको लागि आजको दिन उत्तम रहेको छ । रियल स्ट्रेट र कन्स्ट्रक्सन कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजारबाट लाभको अपेक्षा गर्न सकिनेछ । लगानीको लागि आजको दिन उपयुक्त रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनावश्यक काममा समय बित्न सक्छ। अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । आइटी र हाइटेक क्षेत्रसँग सम्बन्धित व्यवसायीले विशेष जोगिएर दैनिक कारोबार सम्पन्न नगरे गोप्य सूचना बाहिर आउन सक्छ।  शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रियल स्टेट, विद्युतीय माध्यमबाट हुने आर्थिक लाभमा बढोत्तरी हुनेछ। आइटी र हाइटेक, रिसर्च तथा अनुसन्धान क्षेत्रको व्यापारीलाई नसोचेको लाभ हुनेछ । बैदेशिक रोजगारमा राम्रो अवसर प्राप्त हुनेछ।  फलाम तथा उत्पादन र वितरणसम्बद्ध व्यापारीले ज्यादा संघर्ष पछि सामान्य फाइदा लिनसक्ने योग छ ।शेयर कारोबारमा आजको दिन नयाँ लगानी साथै नाफा पनि गर्न सक्ने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक हिसाबले जल , बिद्ध्युत तथा बेभरेज जस्ता क्षेत्रका व्यवसायीले आज वित्त लाभ लिन सक्ने छन्।  इच्छाशक्ति  बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनसक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाइ आर्थिक हिसाबले शुभ रहेको छ। रियल स्ट्रेट र कन्स्ट्रकस्न क्षेत्रमा विशेष सावधानी जरुरी छ , नोक्शान सहन गर्नपर्ने सम्भावना छ।   गहन अध्ययन गरी कारोबार गरे शेयरबजार बाट लाभको अपेक्षा गर्न सकिने छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ व्यवसायको लागि फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । कार्यस्थलमा सामान्य मनमुटावलाइ बेवास्ता नगरे पछुतो हुनेछ । हेल्थ केयर, सोसियल केयर तथा सेवा क्षेत्रबाट वित्त लाभ हुनेछ।  बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । जल ,बिद्ध्युत तथा बेभरेज क्षेत्रका व्यवसायीलाई आजको दिन मध्यम रहेको छ।  स्टक मार्केट, कमोडिटी मार्केटबाट लाभ लिन सक्षम हुनुहुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सानो प्रयासले ठुला आर्थिक समस्या समाधान हुने योग छ । नयाँ आम्दानीको मार्गप्रसस्त होला । रियल स्ट्रेट र कन्स्ट्रक्सन क्षेत्रबाट विशेष लाभ हुनेछ।  गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । फाइनान्स , बैंकिंग र बीमा संस्थाबाट भरपुर सहयोग हुनेछ । दैनिक कारोबारबाट आर्थिक लाभ  हुनेछ । स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केटबाट उल्लेख्य लाभ लिन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । रियल स्टेट , बैंक तथा वित्तीय संस्था सम्बद्ध व्यापारीलाई आर्थिक लाभको योग छ। पैतृक सम्पत्तिबाट राम्रो आम्दानी हुनेछ। बीमा अभिकर्ताहरुले विशेष लाभ लिन सक्नेछन।  स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा हुनेहरुले जमेर लाभ लिन सक्ने अवस्था रहेको छ। लामो समयको लागि लगानी गर्ने लगानीकर्ताहरुको लागि आज उत्तम समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साझेदारी व्यवसायमा खटपटको अवस्था आउनसक्छ।  हेल्थ केयर, सोसियल केयर तथा सेवा क्षेत्रबाट लाभ लिन सकिनेछ।  फाइनान्स , बैंकिंग र बीमासम्बन्धी व्यवसायीको लागि आज संघर्षपूर्ण दिन रहनेछ।  शेयर कारोबारमा भने आजको दिन सही निर्णय लिन थप अध्ययन र परिस्थितिको गहन विश्लेषण जरुरी छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । उत्पादन र वितरण सम्बन्धी व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । फाइनान्स , बैंकिंग तथा बीमा सम्बन्धी व्यवसायीले व्यापार बढाउने अवसर पाउनुहुनेछ  । जल प्रशोधन तथा प्रज्वलनशील पदार्थसँग सम्बन्धित व्यवसायीले होसियारी अप्नाउन पर्नेछ।  शेयर बजारका ट्रेडर्सहरुले आज नाफा लिनेछन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक सरोकारका व्यापार, व्यवसायबाट भरपुर लाभ हुनेछ।  दैनिक कारोबारमा वृद्धि हुनेछ।  आइटी र हाइटेक सेक्टरमा रहनुहुनेको लागि आज विशेष लाभदायक दिन रहनेछ।  फाइनान्स , बैंकिंग र बीमा सेक्टरमा रहनुहुनेहरुले आर्थिक लाभको लागि सधै भन्दा धेरै मेहनत गर्नुपर्नेछ। स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा हुनेहरुले आज  चनाखो भई कारोबार गरे लाभ लिन सक्नेछन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उत्पादन र वितरण सम्बन्धी पेशा व्यवसायीले उल्लेख्य आर्थ आर्जन गर्ने योग रहेको छ। फाइनान्स , बैंकिंग र बीमा क्षेत्रका व्यवसायीको दिन मन्ध्यम बित्नेछ, बैदेशिक रोजगार सम्बन्धी रोकिएका काम बन्नेछन।  दैनिक कारोबारको अवरोध हट्नेछ।    नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्ट्रेट र कन्स्ट्रक्सन सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीले राज्य पक्षबाट अवरोधको सामाना गर्नपर्ला  । स्टक मार्केट, बोन्ड मार्केट तथा कमोडीटी मार्केट जस्ता क्षेत्रमा कारोबार गर्नेहरुले सम्हालिएर कारोबार गर्नपर्नेछ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।