काठमाण्डौ । वि.सं.२०८० भाद्र ३ गते आइतबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चन्द्रमाले तपाईंको राशिबाट छैटौं स्थानमा गोचर गर्दैछन। दैनिक आर्थिक गतिबिधि अनुकूल रहनेछैन। व्यापार व्यवसायलाई समय दिन नसक्दा लाभ लिन गर्हो पर्ला । वित्तीय र बाणिज्य क्षेत्रसँग सम्बन्धित कारोबारीलाई कागजी झमेला आउन सक्दछ , अपडेट रहन आवश्यक छ। बीमा तथा हस्पिटल सम्बन्धी व्यवसाय बाट आर्थिक लाभ हुनेछ। शेयर मार्केटमा चनाखो भई कारोबार हाइ अलर्ट भै कारोवार गरे लाभ लिन सकिनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शिक्षा क्षेत्रका व्यवसायीको धनागमका सम्भावना खुल्नेछन् । इन्टेरियर डिजाइन, श्रृंगार आदि क्षेत्रका व्यापारीले भरपुर लाभ लिन सक्नेछन् । रियल स्टेट सम्बन्धी व्यापारीको लागि आज शुभ अवस्था नरहला । बैंकिंग , फाइनान्स तथा बीमा क्षेत्रसँग आवद्दहरुको लागि आजको दिन राम्रो रहनेछ। स्टक मार्केटमा लामो समयको लागि लगानी गर्न सक्नुहुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक दृष्टिले आजको समय कठिन हुनेछ । खर्च बढ्न सक्छ । सावधानी अपनाउन पर्नेछ । अचल सम्पत्तिको व्यय हुनसक्दछ । बैंक तथा वित्तीय संस्थाका कारोबारीलाई दैनिक कारोबारमा असहजता आउला । व्यर्थको भयले सताउन सक्ने हुँदा शेयर कारोबारीलाई आज शुभ अवस्था छैन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक हिसाबले लक्ष प्राप्ति तथा अर्थोपार्जनको प्रयासहरु सफल हुने योग बनेको छ । रियल स्टेट सम्बन्धी कारोबारीले तुरुन्त लाभदायक काम शुरू गर्न सक्नुहुनेछ । बैंक तथा वित्तीय क्षेत्रसँग आर्थिक कारोबार गर्नेहरूलाई आज भाग्यशाली समय रहेको छ । शेयर बजारबाट लाभ भरपुर लिन सक्नुहुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कारोबारमा घाटा व्यहोर्न पर्ला । अनावश्यक विलासी वस्तुमा खर्च हुन सक्नेछ । भूमि तथा जमिन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यापारीहरूले सरकार तथा सरकारी क्षेत्रबाट सहयोग पाउन सकिन्छ । शेयर बजारमा लामो समयको लागि लगानी गर्न सक्दा लाभ हुने समय रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । कार्यस्थलमा सामान्य मनमुटावलाइ बेवास्ता नगरे पछुतो हुनेछ । हेल्थ केयर, सोसियल केयर तथा सेवा क्षेत्रबाट वित्त लाभ हुनेछ। बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । जल ,बिद्ध्युत तथा बेभरेज क्षेत्रका व्यवसायीलाइ आजको दिन मध्यम रहेको छ।स्टक मार्केट, कमोडिटी मार्केटबाट प्रसस्त लाभ लिन सक्षम हुनुहुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी काम , ठेक्का पट्टा आदि व्यावसायीलाई सरकार पक्षबाट सहयोग पाउन मुस्किल पर्नेछ।अनावश्यक झमेला आइपर्दा बैंक तथा वित्तीय कारोबारीले सास्ती खेप्न पर्ला । बहुमूल्य सामान हराउन सक्ने हुँदा सावधानी अपनाउनु होला। दैनिक जीवनयापनसँग प्रतक्ष सम्बन्ध राख्ने व्यावसायीहरुलाई आर्थिक हिसाबले मध्यम समय रहने छ । नयाँ र तुरुन्त लाभ लिन सकिने व्यवसायमा हानि हुने सम्भावना छ। शेयर बजारमा सावधानी पूर्वक कारोबार नगरे पछुतो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन उपार्जन, आम्दानी हुने समय छ । कृषि क्षेत्रमा हुनेहरूलाई अधिक लाभ हुनेछ । अड्की रहेको काम बन्नेछ, बाँकी र सापटी रकम पनि उठ्न सक्छ । रियल स्टेट, बैंक ( वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बढी संवेदनशील बन्न सकिने छ। आर्थिक रूपले लक्ष प्राप्ति र कार्य उन्नतिको योग छ । अन्न, अनाज उत्पादन सम्बन्धी व्यावसायीहरुले मनग्ये लाभ लिन सक्नुहुनेछ । व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेसक्ने अवस्था भएपनी भावुकतामा आएर अनावश्यक खर्च हुनसक्नेछ । शेयर बजारबाट लाभ हुने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक व्यापारमा व्यर्थको आशंकाले समय बर्बाद हुनसक्छ । अन्य दिन भन्दा आज बढी श्रम गर्नुपर्नेछ । विद्युतीय कारोबारमा सक्रिय मिडिया सम्बन्धी व्यापारीलाई आजको दिन राम्रो बित्ने छ । बैंकिङ् क्षेत्र बाट उल्लेख्य लाभ नहोला । हतारमा निर्णय गर्न सक्ने समय भएको कारणले शेयर कारोबारीहरुलाई आजको दिन शुभ छैन। होसियारपूर्वक कारोबार गर्नपर्ने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन धेरै सावधानी अपनाउन पर्नेछ । तपाईंको राशिबाट चन्द्रमा अष्टम भावमा छन् । आफ्नै राशिमा शनि महाराज विराजमान छन् । खनिज , फलाम, तेल सँग सम्बद्ध व्यापारीहरु गलत निर्णयको शिकार बन्न सक्नेछन। रियल स्टेट , बीमा कारोबारीले जमेर लाभ लिन सक्नेछन् । शेयर कारोबारीलाई आजको दिन शुभ छैन, गलत निर्णयको शिकार हुने प्रवल सम्भावना रहेकोले विशेष ख्याल गरी कारोबार गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सप्तम स्थानमा रहेका चन्द्रमाले शेयर बजार, साझेदारी व्यवसायबाट लाभ गराउन सक्नेछन् । नयाँ प्रोजेक्टमा काम गर्ने अवसर मिल्ला । बैंक तथा वित्तीय क्षेत्र सँग आवद्धहरुलाई आफ्नो काम सफल गर्न उपयुक्त समय छ । व्यवसायिक यात्राको सम्भावना छ। जग्गा जमिन सम्बन्धी कारोबारीले सास्ती भोग्न पर्ला ।
