काठमाण्डौ । २०८० भाद्र ७ गते बिहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ।आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ ।
स्टक मार्केटमा गलत निर्णयको शिकार बन्न सकिनेछ। गलत कारोबार गर्नाले पछुतो हुनसक्नेछ। आजको दिन शेयर कारोबारमा आक्रमकताले हानि गर्नसक्छ। विज्ञको सल्लाह बिना कोरोबार गर्नु घातक हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहेको छ। साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालीन लगानीको लागि आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ ।
शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले उचित निर्णय लिन सक्नेछन। पारिवारिक एकाउन्टबाट कारोबार गर्नेहरुले सही निर्णय लिन सक्ने अवस्था भएपनि एक्टिभ व्यक्तिगत लगानीकर्ताहरुले आज सही निर्णय गर्न नसक्दा पछुताउन पर्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । रियल स्टेट , बैंक तथा वित्तीय संस्था सम्बध व्यापारीलाई आर्थिक लाभको योग छ। पैतृक सम्पत्तिबाट राम्रो आम्दानी हुनेछ। बीमा अभिकर्ताहरुले विशेष लाभ लिन सक्नेछन।
शेयर बजारमा ऋण गरी लगानी गर्नेहरुको लागि राहतको अवस्था रहनेछ। नयाँ लगानीमा मन जानेछ। दीर्घकालीन लगानी गर्ने निष्क्रिय लगानीकर्ताहरुले आज राम्रो मौकाको फाइदा उठाउन सक्नेछन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाई आर्थिक हिसाबले शुभ रहेको छ। रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ ।
शेयर बजारमा आफुले अध्ययन, विश्लेषण गरी जानकार रहेको स्टकलाई नजरअन्दाज गर्दा गलत ट्रेड पोजिशन लिन सकिनेछ। छोटो समयको लागि कारोबार गर्ने कारोवारिले अरुको कुरा नसुनी आफ्नै ज्ञानको प्रयोग गरे आर्थिक लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथो स्थानमा रहेकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा नोक्शान खेप्न पर्ला। साझेदारसँग खटपट हुन सक्छ। झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।
शेयर कारोबारीको द्विविधापूर्ण दिन रहनेछ। आजको दिन स्प्याकुलेटर तथा मिडियाबाजको पछि लाग्दा नराम्रोसँग हानि हुनसक्नेछ। नजिकैको विश्वाश पात्रले झुक्क्याई दिनसक्छन , व्यक्तिगत लगानीकर्ताको लागि आजको दिन सही नभएपनि संस्थागत लगानीकर्ताको लागि भने शुभ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।
शेयर बजारमा ग्रुप ट्रेडर्सहरुले गलत ट्रेड लिन सक्नेछन। व्यक्तिगत लगानीकर्ताहरुलाई आजको दिन शुभ रहनेछ। धेरै आक्रामक हुन सकिने हुदा सम्हालिन आवस्यक छ। समग्रमा आजको दिन शुभ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो स्थानमा रहेकाले परिवार , साझेदारबाट व्यापारमा घाटा हुनसक्छ,सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । व्यर्थको वादविवादमा पर्न सकिनेछ। बीमा तथा हस्पिटल सम्बन्धी कारोबारीले लाभ लिन सके पनि इलेक्ट्रोनिक मिडिया, वेब मार्फत कारोबार गर्ने लाई आर्थिक लाभ लिन ठूलो कसरत गर्न पर्ला।
संजाल, यु ट्युब , साथीसंगीको आधारमा कारोबार गर्नेले आज नराम्रोसँग गुमाउनेछन। गलत नियतको सल्लाह पाउने सम्भावना छ। आफै कारोबार गर्नेहरुले लामो समयको लागि लगानी गर्न सक्नुहुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट प्रथम स्थान अर्थात् वृश्चिक राशिमा रहेकाले सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । नयाँ आम्दानीको मार्ग प्रसस्त होला । चतुर्याई पूर्वक स्टक मार्केट, कमोडिटी मार्केटबाट लाभ होला । गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ ।
दैनिक कारोबारबाट लाभ हुनेछ । शेयर बजारमा बैंक तथा वित्तीय क्षेत्र तर्फा झुकाव जानेछ। आज लाभ लिन सक्ने अवस्था छ। आजको लगानीले पनि राम्रो प्रतिफल दिनेछ। व्यक्तिगत तथा संस्थागत लगानीकर्ता दुबैले रम्रो अवसर र लाभ लिने समय रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट बाह्रौ स्थानमा रहेकाले अनावश्यक काममा समय बित्न सक्छ। अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । वेभ र वेब सञ्जालसँग सम्बन्धी कारोबारीहरु ह्याकिङमा पर्ने सम्भावना बढी भएकोले सावधानी अपनाउन पर्ला । रियलस्टेट कारोबारीलाई सामान्य लाभको अवस्था हुनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारीले असन्तुष्ट दिन व्यतीत गर्नपर्ला ।
शेयर बजारमा धैर्य गर्न नसक्दा नोक्शान हुनसक्ला। आज अधिक व्यय हुने सम्भावना रहेको हुदा नया लगानीको लागि समेत उचित समय छैन।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहेकाले नयाँ व्यवसायको लागि फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ ।
शेयर बजारमा लाभ स्थानको चन्द्रमाले तपाईलाई राम्रो लाभ हुनेछ। छोटो समयको लागि गरिने कारोवारको लागि उत्तम समय छ। लामो समयको लगानीको लागि पनि यो समय नै धेरै उत्तम रहेको छ। मकर राशि हुनेहरुले यति बेला गरेको लगानीले भविष्यमा धेरै नै लाभ उठाउन सक्ने छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहेकाले रियल स्टेट, विद्युतीय माध्यमबाट हुने आर्थिक लाभमा बढोत्तरी हुनेछ। रिसर्च तथा अनुसन्धान क्षेत्रको व्यापारीलाई नसोचेको लाभ हुनेछ । अन्य व्यापार तथा उद्योगतर्फ केही संघर्ष पछि सामान्य फाइदाको योग छ ।
शेयर बजारमा डर र त्रासले उचित निर्णय लिन गाह्रो पर्ला। किनबेच गर्नपर्ने स्टक तुरुन्त मन परिबर्तन हुँदा अरु तिर मन जान सक्छ , जसले पछुतो बनाउन सक्छ। कार्यक्षेत्रमा प्राबिधिक उपकरणको खराबीले समेत कारोबारमा सहायता नदेला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहेकाले आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । अन्य व्यापार व्यवसायमा सन्तुलित भई कारोवार गरे नाफा लिन सकिनेछ। नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट सामान्य लाभ मिल्न सक्ला।
