दश हजार घुससहित लहानमा नापीका अमिन पक्राउ

अर्थबिट २०८०-०५-०७ १३:५२:०० बजे

लहान ।  सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव रु दश हजार घुस रकमसहित बुधबार दिउँसो पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई उक्त घुस रकमसहित कार्यकक्षबाटै पक्राउ गरेको हो । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले छापा मारी निज यादवले सेवाग्राहीबाट रु दश हजार लिइसकेको अवस्थामा उनलार्ई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले एक विज्ञप्ति जारी गरी प्रष्ट पार्नुभएको छ ।  

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । केही समयअघि पनि अख्तियारले सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृतलाई रु एक लाख घुससहित पक्राउ गरेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।