आर्थिक राशिफल, यी राशिले आज शेयर बजारबाट जमेर लाभ लिन सक्ने

डिकप्रसाद वशिष्ठ २०८०-०५-१३ १३:०२:०० बजे

काठमाण्डौ । वि.सं. २०८० भाद्र १३ गते बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

राज्यपक्षबाट सहयोग मिल्नेछ। दीर्घकालीन मुनाफाको सम्भावना अध्ययन हुनेछ। इलेक्ट्रोनिक माध्यमले कारोबारमा सक्रिय, शेयर बजार कारोबारीहरुले आज विशेष लाभ उठाउन सक्नेछन। वित्तीय क्षेत्र मजबुत हुनेछ।  बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्नेहरुले विशेष लाभ उठाउन सक्नेछन।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दैनिक कारोबारमा अप्रत्याशित समस्याको सामना गर्नुपर्ला। खनिज , फलाम, तेल सँग सम्बद्ध व्यापारीहरु गलत निर्णयको शिकार बन्न सक्नेछन।  रियल स्टेट , बीमा कारोबारीले जमेर लाभ लिन सक्नेछन् ।  शेयर बजार कारोबारीलाई आजको दिन शुभ छैन । विशेष ख्याल गरी  कारोबार गर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापार व्यवसायमा समय दिन नसक्दा नोक्शान खेप्न पर्ला। साझेदारसँग खटपट हुन सक्छ।  झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ।   अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।  शेयर बजार,  कारोबारीलाई  धेरै लगानीपश्चात कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दैनिक कारोबारमा लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला।  खनिज र जमिन सम्बन्धी व्यापारीले अनावस्यक उत्तेजना नियन्त्रण गरी कारोबार गर्नपर्नेछ।  शेयर बजार, कारोबारीले  लाभ लिन सक्नेछन।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक रूपले लक्ष्य प्राप्ति र कार्य उन्नतिको योग छ । अन्न, अनाज उत्पादन सम्बन्धी व्यवसायीहरुले मनग्ये लाभ लिन सक्नुहुनेछ । व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेसक्ने अवस्था भएपनी भावुकतामा आएर अनावश्यक खर्च हुनसक्नेछ ।  शेयर बजार, कारोबारीको दिगो लाभ हुनेगरीको कारोबार हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दैनिक व्यापारमा व्यर्थको आशंकाले समय बर्बाद हुनसक्छ । अन्य दिन भन्दा आज बढी श्रम गर्नुपर्नेछ । विद्युतीय कारोबारमा सक्रिय मिडिया सम्बन्धी व्यापारीलाई आजको दिन राम्रो बित्ने छ । बैंकिङ् क्षेत्र बाट उल्लेख्य लाभ नहोला । हतारमा निर्णय गर्न सक्ने समय भएको कारणले  शेयर बजार आजको दिन शुभ  छैन। अधिक व्यय हुनसक्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाइ आर्थिक हिसाबले शुभ रहेको छ।  रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । गहन अध्ययन गरी कारोबार गरे  शेयर बजार आदि जस्ता कारोबारबाट लाभको अपेक्षा गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दैनिक कारोबारमा होस नपुग्नाले काम रोकिन सक्छ ।  साझेदारसँग खटपट हुन सक्छ।  झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। बैंक तथा वित्तीय संस्थाको काममा ढिलासुस्तीले तनाव  बढाउनेछ।  नजिकैको साझेदार , साथीभाई हावी हुने हुँदा शेयर बजार जस्ता कारोबारमा घाटा हुनसक्नेछ।  होसियारीसाथ काम लिनुपर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज विभिन्न प्रकारले धनलाभ हुन सक्दछ। दैनिक कारोबार फस्टाउने छ। जग्गा जमिन  तथा इलेक्ट्रोनिक माध्यमले कारोबारमा सक्रिय, शेयर बजारसँग सम्बन्धित कारोबारीहरुले आज विशेष लाभ उठाउन सक्नेछन। वित्तीय क्षेत्र मजबुत हुनेछ।  शेयर कारोबारीलाई आजको दिन शुभ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दैनिक कारोबारमा ठोस निर्णय लिननसक्दा समय  बर्बाद हुनसक्छ । अन्य दिन भन्दा आज बढी श्रम गर्नुपर्नेछ । विद्युतीय कारोबारमा सक्रिय मिडिया सम्बन्धी व्यापारीलाई आजको दिन राम्रो बित्ने छ । बैंकिङ् क्षेत्रबाट उल्लेख्य लाभ नहोला । हतारमा गरेको निर्णयले घाटा लाग्ने समय भएको कारणले शेयर कारोबारीहरुले धैर्यतापूर्वक कारोबार गरे शुभ होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक र भौतिक सुख प्राप्त हुनेछ । व्यापार व्यवसायमा दिने समय र लगावले अर्थोपार्जन राम्रो हुनेछ।शेयर बजारमा अरूको सल्लाह काम लाग्ने छैन । गलत सल्लाहले गलत स्टक किनबेच हुनसक्ने भएकोले आफ्नै निर्णयले मात्र सही कारोबार गर्न सकिने तर्फ ध्यान दिन आवस्यक छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । वेभ र वेब सञ्जालसँग सम्बन्धी कारोबारीहरु ह्याकिङमा पर्ने सम्भावना बढी भएकोले सावधानी अपनाउन पर्ला । वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारीले असन्तुष्ट दिन व्यतीत गर्नपर्ला ।शेयर कारोबारीले पछुतोमा दिन बिताउन पर्ला ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।