काठमाण्डौ । २०८० भाद्र १४ गते बिहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जग्गाजमिन , रियल स्टेट सम्बन्धी कारोबारबाट आर्थिक लाभ हुनेछ । बैंक तथा वित्तीय क्षेत्रमा रोकिएर रहेका काम बन्नेछन् । शेयर बजार सम्बन्धी कारोबारमा गलत निर्णय लिन सकिने भएकोले सावधानीपूर्वक कारोबार गर्नुहोला। आजको दिन ऋण सम्बन्धी कारोबारबाट टाढा रहनु उचित हुन्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन आर्थिक हिसाबले सन्तोषजनक रहनेछ। भूमि सम्बन्धी रोकिएका , अड्किएका काम फत्ते हुन सक्नेछ। बैंक तथा वित्तीय क्षेत्रको तनावमा केही कम हुनेछ। आर्थिक लेनदेनमा रोकिएका रकम माथि ताकेता गर्दा प्राप्त हुन सक्दछ। सरकारी क्षेत्रको ठेक्का सम्बन्धी व्यवसायीलाई आजको दिन राम्रो छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मूल्यवान वस्तु हराउने, चोरी हुने सम्भावना रहेकोले विशेष चनाखो हुनुपर्नेछ। व्यापार व्यवसायमा ठूलो लगानी गर्ने दिन छैन। सरकारी पक्षबाट सावधानी अप्नाउन पर्छ। वित्तीय संस्थाबाट ऋण लेनदेनको काम हुनसक्छ। दैनिक कारोबारको रकम खुम्चिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ लगानीको लागि सम्हालिनु पर्नेछ। गलत निर्णयको शिकार हुन सकिनेछ। मेशिनरी समान सम्बन्धी व्यवसायीहरुको लागि आजको दिन विशेष अशुभ रहन सक्छ। वित्तीय क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुलाई झुटा आरोप लाग्न सक्न्ने भएकोले विशेष सावधानी जरुरी छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा उतारचढावको अवस्था रहनेछ । इलेक्ट्रोनिक मेशिनरी व्यापारमा रहनेहरुले आर्थिक लाभ लिन सक्नुहुन्छ। रियल स्टेट कारोबारीहरुले झमेला व्यहोर्न पर्ला। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारीहरु आफ्नो काम समयमा नहँुदा निराश हुनपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरु आज भाग्यमानी साबित हुन सक्नेछन। व्यापार व्यवसायमा उच्च आर्थिक लाभ हुनेछ। सबै व्यवसायमा आज लाभ हुने अवस्था छ। संयमित भएर निर्णय लिनुहोला। सरकारी ठेक्का र सरकारी काममा रहनुहुनेले विशेष लाभ लिन सक्नुहुन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यावसायमा अगाडि बढ्ने अवसर प्राप्त हुनेछ । गीत संगीत , तथा मनोरन्जनको क्षेत्रमा रहनुहुनेलाई राम्रो आर्थिक सफलता प्राप्त हुनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित काम र व्यापारमा उन्नति होला। दैनिक कारोबारमा सफलता प्राप्त हुनेछ। आफ्नो बहुमुल्य सामानको विशेष ख्याल गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विभिन्न प्रकारले धन लाभ हुन सक्दछ। दैनिक कारोबार फस्टाउने छ। जग्गा जमिन तथा इलेक्ट्रोनिक माध्यमले कारोबारमा सक्रिय, शेयर बजारसँग सम्बद्ध कारोबारीहरुले आज विशेष लाभ उठाउन सक्नेछन। वित्तीय क्षेत्र मजबुत हुनेछ। अनावस्यक बहसमा पर्न सकिने हुँदा सतर्कता जरुरी छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक अवस्थामा क्रमिक सुधारको शुरुवात हुनेछ।नयाँ प्रोजेक्टमा काम सुरु हुन सक्नेछ। लामो समय पछि लाभ हुने कार्यको थालनी हुने सम्भावना छ। व्यवसाय सम्बन्धी नयाँ अवधारणा विकसित हुनेछ। वित्तीय संस्थासँगको कारोबार सुखदायक हुनेछ। दैनिक आर्थिक कारोबार बढने योग रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीविकोपार्जनको क्षेत्रमा गरिएका नयाँ प्रयासहरु फलदायी हुनेछन् । व्यापारिक यात्राले आर्थिक लाभ हुनेछ। जग्गा जमिन सम्बन्धी झमेलाबाट पार पाउन सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रबाट भरपुर साथ मिल्नेछ। उड्डयनसँग सम्बन्धित व्यवसायीले निराशा ब्याहोर्ना पर्ला। साझेदारी व्यावसायमा आपसी विश्वासमा कमी महसुस होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जमिन सम्बन्धी रोकिएका कामको सुखद समाचार प्राप्त होला। मेशिनरी सामान र वाहन खरिद गर्ने योजना बन्न सक्ला। वैदेशिक रोजगारीमा हुनेहरुको आर्थिक अवस्था सहित पदोन्नति हुनसक्नेछ। बैंक तथा वित्तीय कारोबारमा हुनेहरुको रोकिएको काम बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अत्याधिक सोचका कारण तपाईको आर्थिक लाभ प्रभावित हुने सम्भावना छ । व्यवसाय सम्बन्धी उचित निर्णय लिन नसक्दा अप्ठ्यारो अवस्था आउन सक्छ। रियल स्टेटसँग सम्बन्धित व्यवसायीले नयाँ ग्राहकको माध्यमले अर्थोपार्जन गर्न सक्नुहोला । बैंक तथा वित्तीय अवस्थामा नियम कानुन सम्बन्धी झमेला आउनसक्छ। दैनिक कारोबारमा धन हानि हुने सम्भावना रहेको छ।
