काठमाण्डौ । २०८० भाद्र १५ गते शुक्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसाय भन्दा व्यवहारिक विषयमा बढी व्यस्त रहन सकिन्छ । झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ने दिन छ । मानसिक बहकावले हानि बेहोर्न पर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पेसा र व्यवसायबाट लाभ हुनेछ । रियल स्टेट, बैंक तथा वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिनभर समय राम्रो छ , अड्रकिरहेको काम बन्नेछ, बाँकी र सापटी रकम पनि उठ्न सक्छ । रियल स्टेट, बैंक तथा वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक खर्च हुन सक्नेछ । रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालीन लगानीको लागि आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। साथी सहयोगीबाट लाभ लिन सकिनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । अन्य व्यापार व्यवसायमा सन्तुलित भई कारोबार गरे नाफा लिन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कारोबार व्यवसायमा लामो समय देखि अड्केर रहेका कामहरु आज बन्नेछन। व्यापारिक भ्रमण हुनसक्छ । दैनिक कारोबार, व्यापारबाट लाभ हुनेछ। साझेदारी व्यवसायीहरुको लागि आजको दिन विशेष शुभ रहने छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक कारोबारबाट फाइदा हुनेछ । आर्थिक क्षेत्रमा लगानी गरेको कामबाट मुनाफा लिन सकिनेछ। साझेदारी व्यवसायमा खटपटको अवस्था सिर्जना होला। जग्गा, जमिन ,रियल स्टेट आदिजस्ता एकल स्वामित्वमा रहेका कम्पनीलाई आज राम्रो लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक हिसाबले दिन मध्यम छ। दैनिक कारोबारमा सामान्य लाभ हुनेछ। अनावश्यक विलासी वस्तुमा खर्च हुन सक्नेछ । भूमि तथा जमीन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अन्य दिन भन्दा आज बढी श्रम गर्नुपर्नेछ । विद्युतीय कारोबारमा सक्रिय मिडिया सम्बन्धी व्यापारीलाई आजको दिन राम्रो बित्ने छ । बैंकिङ् क्षेत्रबाट उल्लेख्य लाभ नहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । खनिज र जमिन सम्बन्धी ब्यापारीले अनावस्यक उत्तेजना नियन्त्रण गरी कारोबार गर्नापर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक सुख प्राप्त हुनेछ ।आर्थिक कारोबारमा व्यर्थको वादविवादमा पर्न सक्नुहुनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा हुनसक्नेछ । दैनिक कारोबारमा ध्यान दिन सके लाभ हुनेछ ।