काठमाण्डौ । वि. सं.२०८० भाद्र १७ गते आइतबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक हिसाबले समय अनुकुल छैन । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । बैंक तथा वित्तीय संस्थाको काम रोकिने हुनाले तनाव भोग्नपर्ला। मेष राशिका शेयर लगानीकर्ताले आज गलत ठाउमा लगानी गर्नसक्ने हुँदा होसियारी अप्नाउन जरुरी छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक कारोबार फस्टाउने छ। पद र पैसाभन्दा प्रतिष्ठासँग गाँसिएका काममा लगानी हुन सक्नेछ । समय सही सदुपयोग गर्न सके शेयर बजारबाट लाभ हासिल गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ। इलेक्ट्रोनिक मध्यमका व्यापारी र शेयर बजार लगानीकर्ताले वित्त लाभ लिने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावावेशमा आएर काम गर्दा दैनिक कारोबार बिग्रनसक्ने हुँदा ख्याल गर्नुपर्नेछ। शेयर बजार लगानीकर्ताले लाभ लिन सक्नेछन।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शेयर बजारमा धेरै लगानीपश्चात कम मात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । व्यापार व्यवसायमा आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । शेयर बजारबाट लाभ मिल्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । शेयर बजारबाट उल्लेख्य लाभ लिन सकिने समय छ । नयाँ लगानीको लागि उचित समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राज्यपक्षबाट सहयोग मिल्नेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ । आज शेयर बजारबाट लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बैंक तथा वित्तीय संस्थासँग आवद्ध व्यापारीले कानुनी उल्झन खेप्न पर्ला। शेयर बजार आवद्ध धनु राशिका व्यक्तिलाइ आजको दिन शुभ रहेको छैन।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा, जमिन अचल सम्पत्तिको कारोबारमा सजगता अप्नाउन पर्नेछ। शेयर कारोबारीलाई आजको दिन विशेष शुभ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ। दैनिक कारोबार, व्यवसायबाट सोचेअनुरुप आम्दानी हुनेछैन। शेयर कारोबारीले आज विशेष सतर्कता नअपनाए घाटा व्यहोर्न पर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बैंक तथा वित्तीय संस्थासंग आवद्ध व्यापारीलाई साथीभाईको पूर्ण सहयोग मिल्नेछ। शेयर कारोबारीलाई आजको दिन शुभ रहेको छ।