आजको आर्थिक राशिफल, यी राशिले शेयर बजारबाट उल्लेख्य लाभ लिन सक्ने

अर्थबिट २०८०-०६-०२ १४:०८:०० बजे

काठमाण्डौ । वि.सं. २०८० असोज २ गते मंगलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमा तपाईंको राशिबाट सातौं स्थानमा छ।  गोचरको हिसाबले व्यापार सम्बन्धी यसको शुभ फल प्राप्त हुनेछ।  मेशिनरी सामान सम्बन्धि ब्यापारीहरुले बिशेष नाफा आर्जन गर्न सकिने छ।  बैंक, वित्तीय संस्थासँग आवद्ध कर्मचारी तथा व्यापारीलाई  शुभ समाचार मिल्ने सम्भावना छ। शेयर बजार तर्फ संस्थागत लगानीकर्ताले नाफा लिन सक्नेछन।  

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक लाभको समय छ।  दैनिक कारोबार बढेर जानेछ। अचल सम्पत्ति कारोबारीहरुले नयाँ ग्राहकहरुसँग पर्याप्त छलफल गर्नपर्ला।  काम बन्नेछ।  बैंक तथा वित्तीय क्षेत्रबाट ऋण को अपेक्षा गरिरहेकाहरुको  सो सम्बन्धी बाधा अड्काउ फ़ुक्नेछन।  नयाँ व्यवसायको लागि मार्ग प्रशस्त होला।  साथीभाइको लहलहैमा समय बर्बाद हुन सक्ने तर्फ ध्यान पुर्याउन जरुरी छ। शेयर बजारमा ऋण लिएर कारोबार गर्नेहरुले सास्ती खेप्नपर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बिनाकारण धन हानि हुनसक्नेछ। दैनिक कारोबारमा ध्यान दिन आवस्यक छ।  व्यापार व्यवसायमा एकाग्रताको कमीले आर्थिक व्यय हुन सक्नेछ। रियल स्टेट, वेब मिडियाको व्यापार  सन्तुलित हुनेछन। तत्त्कालीन लाभ लिन सकिने प्रकृतिका व्यवसायमा घाटा हुने भए तापनि  दीर्घकालीन लगानीको लागि भने आजको दिन शुभ रहेको छ । शेयर बजारमा दिर्घकालीन लगानीको सम्भावना रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बहकावले अनावस्यक हानि हुनसक्छ।  साझेदारी बिजनेशमा विश्वास बनाईरहन मुस्किल पर्ला। गैर नाफामुलक संस्थाको लागि आज पब्लिक रिलेशन राम्रो हुनेछ।  पब्लिक कम्पनी , सरकारी कामसँग सम्बन्धित व्यवसाय राम्रो हुनेछ भने निजी क्षेत्रको बैंक वित्तीय संस्था तथा बीमा सँगको कारोबार सहज रहने छैन।  अस्थिरताले शेयर बजारमा गलत निर्णय लिनसक्ने सम्भावना रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन सुखद रहने छ।  दैनिक कारोबारमा बढोत्तरी हुनेछ।  आर्थिक आम्दानीको नयाँ स्रोत पत्ता लाग्न सक्छ।  नयाँ वस्त्रादि तथा वाहन लिन सकिनेछ।  परम्परागत पेशामा रहनेहरुले भरपुर लाभ लिने समय रहेको छ।  बैंकिंग तथा बीमा क्षेत्रमा हुनेहरुको लागि आजको दिन शुभ रहेको छ। शेयर कारोबारमा आक्रमक प्रवृति हावी हुनसक्छ , सावधानी जरुरी छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय मध्यम रहेको छ। मानसिक असन्तोषको कारण व्यापार, व्यवसायमा सोचे जस्तो परिणाम मिल्ने छैन। दैनिक कारोबारमा हानि हुन सक्नेछ।   रियल स्टेट कारोबारीले समयमा निर्णय लिन नसक्दा भै सक्नै लागेको काम पनि हुन नसक्ला।  बीमा संग सम्बन्धित  कारोबारीले उल्लेख्य लाभ लिन सक्नुहुनेछ भने साझेदारी व्यवसाय फस्टाउने छ।शेयर बजारमा कारोबारको लागि शुभ समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बहुमुल्य उपहारादि प्राप्त होला।  बैंक तथा बाणिज्य सम्बद्ध व्यापारी , ठूला लगानी गरी सञ्चालन गरिएको उद्योग गर्ने व्यापारीले आजको दिन सरकारी क्षेत्रबाट राहत पाउने योग छ।  अड्केर रहेको कागजी कामहरु बन्ने छन्।  जग्गा जमिन, बीमा लगायतका कारोबारीले सोचे जस्तो प्रतिफल पाउनसक्ने दिन रहेको छ। शेयर बजारमा आजको लगानीले राम्रो प्रतिफल दिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दैनिक कारोबारबाट लाभ हुनेछ।  कर्पोरेट र फाइनान्सियल क्षेत्रको उन्नतिले यस क्षेत्रसँग आवद्ध व्यवसायीले राम्रो लाभ लिन सक्नेछन।  खनिज, मेशिनरी सामान र इलेक्ट्रोनिक क्षेत्र सन्तुलित रहनेछ। शेयर बजार मध्यम छ।  धेरै आक्रामक हुदा घाटा हुनसक्ने छ।  मध्यान्ह पछिको समय त्यति सन्तोषजनक नरहला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापारिक हिसाबले अभिष्ट सिद्धि हुनेछ।  पुराना अड्किएर रहेका कामहरु बन्नेछन।  राज्य पक्षबाट मानसम्मान मिल्नेछ।  कार्यक्षेत्रमा अनुकुल वातावरण रहनेछ।  व्यवसाय सम्बन्धी नयाँ अवधारणा विकसित हुनेछ। वित्तीय संस्थासँगको कारोबार सुखदायक हुनेछ। दैनिक आर्थिक कारोबार बढने योग रहेको छ। आजको दिन शेयर बजार  शुभ छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राज्यपक्षबाट असहज परिस्थितिको सामना गर्नपर्ला।  समयमा काम नबन्दा तनावको स्थिति होला। दैनिक व्यवसायमा हानि व्यहोर्न पर्ला।  बैंक तथा वित्तीय क्षेत्रका व्यापारीले धेरै सम्झौतामुखी बन्नपर्नेछ। झुटा आरोप लाग्ने अवस्था आउन सक्ला।  साँझ पछिको समय सहज बन्नेछ। शेयर बजारमा सावधानीपूर्वक कारोबार नगरे नोक्शान हुनसक्ने सम्भावना छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बीमा तथा मेडिकल सम्बन्धी कारोबारीले अकस्मात लाभ पाउनसक्ने योग छ।  रियल स्टेट, बैंक तथा बाणिज्य क्षेत्रमा तनाव आज पनि कायमै रहनेछ। नया लगानीको लागि अति सम्हालिनु पर्नेछ।  गलत निर्णयको शिकार हुन सकिनेछ।  मशिनरी समान सम्बद्ध व्यवसायीहरुको लागि आजको दिन विशेष अशुभ रहन सक्छ। शेयर बजार कारोबारीलाई आजको दिन मध्यम बित्नेछ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।