आजको आर्थिक राशिफल

डिकप्रसाद वशिष्ठ २०८०-०६-०३ १३:४७:०० बजे

काठमाण्डौ । वि.सं. २०८० असोज ३ गते बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक अवस्थामा असन्तुलन तथा अनावस्यक  खर्च हुन सक्नेछ ।  रियल स्टेट सम्बन्धी व्यापारीले सन्तुलित भई काउन्सिलिङ गरे राम्रो लाभ हुने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ ।

स्टक मार्केटमा गलत निर्णयको शिकार बन्न सकिनेछ।  गलत कारोबार गर्नाले पछुतो हुनसक्नेछ।  आजको दिन शेयर कारोबारमा आक्रमकताले हानि गर्नसक्छ।  

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साझेदारी व्यवसाय फस्टाउने छ । पब्लिक लिमिटेड कम्पनीको नाफामा बढोत्तरीको संकेत मिल्नेछ । दैनिक कारोबार मध्यम रहेपनि दीर्घकालीन लगानीको लागि आजको दिन शुभ रहेको छ । रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ । शेयर बजारमा संस्थागत लगानीकर्ताहरुले उचित निर्णय लिन सक्नेछन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । रियल स्टेट , बैंक तथा वित्तीय संस्था सम्बद्ध व्यापारीलाई आर्थिक लाभको योग छ। पैतृक सम्पत्तिबाट आम्दानी हुनेछ।   बीमा अभिकर्ताहरुले विशेष लाभ लिन सक्नेछन।

शेयर बजारमा ऋण गरी लगानी गर्नेहरुको लागि राहतको अवस्था रहनेछ। नयाँ लगानीमा मन जानेछ।  दिर्घकालीन लगानी गर्ने निष्क्रिय लगानीकर्ताहरुले आज राम्रो मौकाको फाइदा उठाउन सक्नेछन।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । शिक्षा तथा यससम्बन्धी कारोबारीलाई आर्थिक हिसाबले शुभ रहेको छ।  रियल स्टेट , बैंक तथा वित्तीय कारोबारमा सुधार हुने सम्भावना छ ।

शेयर बजारमा आफूले अध्ययन, विश्लेषण गरी जानकार रहेको स्टकलाई नजरअन्दाज गर्दा गलत ट्रेड पोजिशन लिन सकिनेछ। छोटो समयको लागि कारोवार गर्ने कारोवारिले अरुको कुरा नसुनी आफ्नै ज्ञानको प्रयोग गरे आर्थिक लाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार व्यवसायमा समय दिन नसक्दा नोक्शान खेप्न पर्ला। साझेदारसँग खटपट हुन सक्छ।झुटा आरोपको सामना गर्नपर्ने हुनसक्छ।  शेयर कारोबारीको  द्विविधापूर्ण दिन रहनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक कामबाट मनग्य आर्थिक लाभ होला।  साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शेयर बजारमा  व्यक्तिगत लगानीकर्ताहरुलाई आजको दिन शुभ रहनेछ।  धेरै आक्रामक हुन सकिने हुदा सम्हालिन आवस्यक छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । व्यर्थको वादविवादमा पर्न सकिनेछ। बीमा तथा हस्पिटल सम्बद्ध कारोबारीले लाभ लिन सकेपनि इलेक्ट्रोनिक मिडिया, वेब मार्फत कारोबार गर्ने लाई आर्थिक लाभ लिन ठूलो कसरत गर्न पर्ला। शेयर बजार सम्बन्धी कारोबार शुभ रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ ।नयाँ आम्दानीको मार्ग प्रसस्त होला । गलत ठाउँमा हुने खर्चको नियन्त्रण नगरे पछुतो हुनेछ । बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ ।

दैनिक कारोबारबाट लाभ हुनेछ । शेयर बजारमा बैंक तथा वित्तीय क्षेत्र तर्फ झुकाव जानेछ। आजको लगानीले पनि राम्रो प्रतिफल दिनेछ।  व्यक्तिगत तथा संस्थागत लगानीकर्ता दुवैले राम्रो अवसर र लाभ लिने समय रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अधिक मात्रामा व्याय हुने समय छ । नयाँ बनेका आर्थिक आर्जनको पाटोमा समस्या आउन सक्छ । अनावश्यक सोचको कारण आर्थिक भार व्यहोर्न पर्ला । रियलस्टेट कारोबारीलाई सामान्य लाभको अवस्था हुनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारीले असन्तुष्ट दिन व्यतीत गर्नपर्ला ।

शेयर बजारमा धैर्य गर्न नसक्दा नोक्शान हुनसक्ला।  आज अधिक व्यय हुने सम्भावना रहेको हुदा नयाँ लगानीको लागि समेत उचित समय छैन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ व्यवसायको लागि फलदायी यात्रा हुनसक्छ। दैनिक कारोबार व्यवसायको आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।  बैंक तथा वित्तीय संस्थाबाट भरपुर सहयोग हुनेछ ।

शेयर बजारमा  छोटो समयको लागि गरिने कारोवारको लागि उत्तम समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रियल स्टेट, विद्युतीय माध्यमबाट हुने आर्थिक लाभमा बढोत्तरी हुनेछ।  रिसर्च तथा अनुसन्धान क्षेत्रको व्यापारीलाई लाभ हुनेछ । शेयर बजारमा डर र त्रासले उचित निर्णय लिन गाह्रो पर्ला।  किनबेच गर्नपर्ने  स्टक तुरुन्त मन परिवर्तन हुँदा अरु तिर मन जान सक्छ , जसले पछुतो बनाउन सक्छ।  कार्यक्षेत्रमा प्राविधिक उपकरणको खराबीले समेत कारोबारमा सहायता नदेला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित उपल्लो स्तरका व्यापारीलाई लाभ हुने योग छ । अन्य व्यापार व्यवसायमा सन्तुलित भई कारोबार गरे नाफा लिन सकिनेछ।  नयाँ लगानीको लागि शुभ समय छैन। शेयर बजारबाट लाभ हुनेछ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।