काठमाण्डौ । वि.सं. २०८० असोज ४ गते बिहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधिक खर्च हुने योग छ। ब्यापार व्यवसायमा नोक्शानी बेहोर्न पर्ला। दैनिक कारोबारमा आयको तुलनामा व्यय अधिक हुनेछ। हस्पिटल तथा बीमासंग सम्बद्ध ब्यापारी तथा कर्मचारीले भने आर्थिक लाभ लिन सक्नेछन। चोटपटकको भय हुने भएकोले मेशानिरी सामान र औधोगीक क्षेत्रका कामदारले बिशेष सावधानी अपनाउनु पर्नेछ। शेयर बजारसंग आवद्धहरुको लागी भने आजको दिन शुभ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक लाभको समय छ। फाइनान्स , बैक , बित्तिय संस्थाको धेरै अघिबाट रोकिएका आर्थिक मामिलाका कामहरु बन्नेछन। दैनिक कारोबार बढेर जानेछ। आम्दानीको नयाँ स्रोत खुल्नेछ। साझेदारी व्यावसाय गर्नेहरुले आजको दिन बिशेष लाभ लिन सक्नेछन। शेयर कारोवारमा नयाँ लगानी गर्न उपयुक्त समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुन चादी तामा आगि धातुको ब्यावसायीहरु आज भाग्यमानी साबित हुन सक्नुहुनेछ। रियल स्टेट, अचल सपत्तिको कारोबारीले राम्रो लाभ लिने योग परेको छ। साझेदार, सहयोगीहरु सकारात्मक हुँदा राम्रो कमाइ गर्न सकिनेछ। आजको दिन अनावस्यक बादबिबाद साथै खर्चवाट जोगिनुपर्ने छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कीर्तिमानी काम गर्न सकिनेछ। राज्यपक्षवाट सकारात्मक सहयोगको आधार तय हुनेछ। कस्टपूर्ण यात्रा हुने योग छ। दैनिक कारोबार सोचे जस्तो रहनेछैन। शिक्षा र स्वस्थ क्षेत्रका बाहेक अन्य व्यवसायीहरुले बिशेष सतर्कता अप्नाउन जरुरी छ। रियल स्टेट र कन्सट्रकशन व्यवसायीले बिशेष सावधानी अप्नाउन पर्ने छ। शेयर बजार कारोवारीलाई आजको दिन शुभ छैन।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सधै भन्दा कडा मेहनत गर्नुपर्नेछ। धेरै मेहनतले आर्थिक काम सम्पन्न होलान। साझेदारी व्यवसायमा मनमुटावको अवस्था रहनसक्नेछ। गलत बुझाइको कारण कारोबारमा झमेला आउन सक्नेछ। गैर नाफामुलक संस्थाको लागि आज पब्लिक रिलेशन राम्रो हुनेछ। पब्लिक कम्पनि , सरकारी काम संग सम्बन्धित ब्यावसयमा थप परिश्रमले लाभ हुनेछ। शेयर बजारमा होसियारीपुर्वक कारोवार नगरे पछुतो हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन उपार्जन, आम्दानी हुने समय छ । कृषि क्षेत्रमा हुनेहरूलाई अधिक लाभ हुनेछ । अड्की रहेको काम बन्नेछ, बाँकी र सापटी रकम पनि उठ्न सक्छ । रियल स्टेट, बैंक , वित्तीय संस्था, विद्युतीय कारोबारीले भरपुर लाभ लिन सक्नुहुनेछ । दैनिक कारोबार फस्टाउने छ। शेयर बजारमा लगानी तथा छोटो समयको कारोवारको लागी उपयुक्त दिन रहेकोछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी काम , ठेक्का पट्टा आदि व्यावसायीलाई सरकार पक्षबाट सहयोग पाउन मुस्किल पर्नेछ।अनावश्यक झमेला आइपर्दा बैंक तथा वित्तीय कारोबारीले सास्ती खेप्न पर्ला । बहुमूल्य सामान हराउन सक्ने हुँदा सावधानी अपनाउनु होला। दैनिक जीवनयापनसँग प्रतक्ष सम्बन्ध राख्ने व्यावसायीहरुलाई आर्थिक हिसाबले मध्यम समय रहने छ । शेयर बजार कारोवारमा आक्रामक हुनसकिने हुँदा जोगिएर कारोवार गरे लाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सकेसम्म आफ्नो काम आफै गरे आर्थिक लाभको समय छ। दैनिक कारोबार बढेर जानेछ। अचल सम्पत्ति कारोबारीहरुले नयाँ ग्राहकहरुसंग पर्याप्त छलफल गर्नपर्ला। काम बन्नेछ। बैंक तथा बित्तिय क्षेत्रबाट ऋण , लोन आदिको अपेक्षा गरिरहेकाहरुको सो सम्बन्धि बाधा अड्काउ फ़ुक्नेछन। नयाँ ब्यावसायको लागि मार्गप्रसस्त होला। स्टक मार्केटमा लामो समयको लागी लगानी गर्न सक्नुहुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक कारोबारमा घाटा व्यहोर्न पर्ला । अनावश्यक विलासी वस्तुमा खर्च हुन सक्नेछ । भूमि तथा जमीन सम्बन्धी कारोबारीले सजगता अपनाएर कारोबार गरे लाभ लिन सक्ने अवस्था छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यापारीहरूले सरकार तथा सरकारी क्षेत्रबाट सहयोग पाउन धेरै परिश्रम गर्नपर्ला। शेयर बजारबाट लाभ भरपुर लिन सक्नुहुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक हिसाबले लक्ष्य प्राप्ति तथा अर्थोपार्जनको प्रयासहरु सफल हुने योग बनेको छ । रियल स्टेट सम्बन्धी कारोबारीले तुरुन्त लाभदायक काम शुरू गर्न सक्नुहुनेछ । बैंक तथा वित्तीय क्षेत्र सँग आर्थिक कारोबार गर्नेहरूलाई आज भाग्यशाली समय रहेको छ । दैनिक कारोबारमा मनग्य लाभ होला। शेयर बजारमा लामो समयको लागि लगानी गर्न सक्दा लाभ हुने समय रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक दृष्टिले आजको समय कठिन हुनेछ । खर्च बढ्न सक्छ । सावधानी अपनाउन पर्नेछ । अचल सम्पत्तिको व्यय हुनसक्दछ । बैंक तथा वित्तीय संस्थाका कारोबारीलाई दैनिक कारोबारमा असहजता आउला । ब्यापार सम्बन्धि व्यर्थको भयले सताउन सक्नेछ। इलेक्ट्रिकल व्यवसायमा हुनेहरुलाई लाभ हुनेछ। शेयर बजारमा सावधानी पूर्वक कारोबार नगरे पछुतो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राज्यवाट अनावस्यक ब्यावधानको शुत्रपात हुने योग रहेको छ। सरकारी काम संग सम्बन्धित व्यापारीले सतर्कता अप्नाउन पर्नेछ। इन्टेरियर डिजाइन, श्रृंगार आदि क्षेत्रका व्यापारीले भरपुर लाभ लिन सक्नेछन् । रियल स्टेट सम्बन्धी व्यापारीको लागी आज शुभ अवस्था नरहला । शेयर बजारबाट अर्थोपार्जन हुने योग बनेको छ ।