दोलखा सुन प्रकरण : काठमाण्डौबाट थप तीन जना पक्राउ

अर्थबिट २०८०-०६-१६ १४:०५:०० बजे

काठमाण्डौ । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने (गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधान र तामाङलाई काठमाण्डौ  टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।