धरानमा आज लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम हुँदै

अर्थबिट २०८०-०६-१८ ०८:०५:०० बजे

धरान । अनलाइन सेक्युरिटीज लि.(स्टक ब्रोकर नम्बर ४९)ले धरानमा आज (बिहीबार) साँझ ५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटेरियम हलमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गर्ने भएको छ ।

अनलाइन सेक्युरिटीज लि.(स्टक ब्रोकर नम्बर ४९)ले धरानमा आज साँझ ५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटेरियम हलमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गर्ने भएको हो ।

विश्व लगानी सप्ताह–२०२३ को सन्दर्भ पारेर अनलाइन सेक्युरिटीज धरान शाखाको आयोजनामा लगानी सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्धेश्यले एक दिने  लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम गर्न लागेको बताइएको छ । 

उक्त कार्यक्रममा शेयर कारोबार कसरी गर्ने,प्राथमिक र दोस्रो बजारमा प्रवेश तथा लगानी कसरी गर्ने,कम्पनी छनोट गर्ने तरिका,लगानी सुरक्षित बनाउने उपायहरु,आधारभूत र प्राविधिक विश्लेषणका विविध आयाम,पो्र्टफोलियो व्यवस्थापन,अल्पकालीन र दीर्घकालीन कारोबार,टीएमएसको प्रभावकारी सञ्चालन,कम्पनीका वित्तीय विवरण अध्ययन र सोको प्रभावलगायतका विविध विषयहरुमा छलफल तथा जानकारी दिइने अनलाइन सेक्युरिटीजले जनाएको छ ।

उक्त कार्यक्रममा शेयर कारोबार गरिरहेका,नवप्रवेशी लगानीकर्ता वा इच्छुक सबैलाई निःशुल्क सहभागिताका लागि अनलाइन सेक्युटिरीजले आग्रहसमेत गरेको छ ।

अनलाइन सेक्युरिटीज लिमिटेडले विश्व लगानी सप्ताह २०८० को सन्दर्भ पारी यसै कम्पनीबाट डिम्याट खाता खोल्ने ग्राहकहरुका लागि रु.९४९ मा आजीवन नवीकरण गर्नु नपर्ने गरी डिम्याट खाता खोल्ने व्यवस्था जसमा १ वर्षका लागि मेरो शेयर सुविधासमेत निःशुल्क प्रदान गरिहेको जानकारी दिएको छ ।

अनलाइन सेक्युरिटीज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई २०६८ सालबाट शेयर कारोबार गर्दै आइरहेको संस्था हो । काठमाण्डौको पुतलीसडकमा  केन्द्रीय कार्यालय रहेको अनलाइन सेक्युरिटीजले सुनसरीको धरान,मोरङ्गको उर्लाबारी,नुवाकोट लगायतका शाखाहरुबाट ब्रोकर कार्यालयबाट प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । कम्पनीको अध्यक्ष  अनन्त कुमार पौडेल हुन् भने प्रमुख कार्यकारी अधिकृतका रुपमा बिशाल कुमार अग्रवाल कार्यरत छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।