आजको आर्थिक राशिफल : यी राशिलाई शेयर बजारबाट मनग्य लाभ हुने

डिकप्रसाद वशिष्ठ २०८०-०६-२२ १४:१५:०० बजे

काठमाण्डौ । वि.सं. २०८० असोज २२ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बैंक तथा बीमा कारोबारीले लाभ लिन सक्नुहुनेछ।  आजको दिन ऋण सम्बन्धी कारोबारबाट टाढा रहनु उचित हुन्छ। धार्मिक यात्राको कारण खर्च बढ्न सक्छ।  शेयर कारोबारीलाई आजको दिन शुभ रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन आर्थिक हिसाबले सन्तोषजनक रहनेछ।  भूमि सम्बन्धी रोकिएका , अड्किएका काम फत्ते हुन सक्नेछन ।  बैंक तथा वित्तीय क्षेत्रको तनावमा केही कम हुनेछ। आर्थिक लेनदेनमा रोकिएका रकम माथि ताकेता गर्दा प्राप्त हुन सक्दछ।   सरकारी क्षेत्रको ठेक्का सम्बन्धि व्यवसायीलाई आजको दिन राम्रो छ।  शेयर बजार सम्बन्धी कारोबारबाट लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

जमिन सम्बन्धी रोकिएका कामको सुखद समाचार प्राप्त होला। मेशिनरी सामान  र वाहन खरिद गर्ने योजना बन्न सक्ला। वैदेशिक रोजगारीमा हुनेहरुको आर्थिक अवस्था सहित पदोन्नति हुनसक्नेछ।  बैंक तथा वित्तीय कारोबारमा हुनेहरुको रोकिएको काम बन्नेछ। शेयर बजार कारोबारीहरुको लागि भने आज मध्यम समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मूल्यवान वस्तु हराउने, चोरी हुने सम्भावना रहेकोले विशेष चनाखो हुनुपर्नेछ। व्यापार व्यवसायमा ठूलो लगानी गर्ने दिन छैन। आजको दिन ऋण लिन सक्नुहुनेछ।  दैनिक कारोबारको रकम खुम्चिन सक्छ। कन्सट्रक्शन व्यवसायीले विशेष होशियारी अप्नाउन पर्नेछ।  शेयर बजारमा गलत निर्णयले पछुताउने अवस्था आउन सक्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरु आज भाग्यमानी साबित हुन सक्नेछन।  व्यापार व्यवसायमा उच्च आर्थिक लाभ हुनेछ। सबै व्यावसायमा आज लाभ हुने अवस्था छ।  संयमित भएर निर्णय लिनुहोला।  सरकारी ठेक्का र सरकारी काममा रहनुहुनेले विशेष लाभ लिन सक्नुहुन्छ।  शेयर बजारबाट मनग्य लाभ हुनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरु आज भाग्यमानी सावित हुन सक्नेछन।  व्यापार व्यवसायमा उच्च आर्थिक लाभ हुनेछ। सबै व्यवसायमा आज लाभ हुने अवस्था छ।  संयमित भएर निर्णय लिनुहोला।  सरकारी ठेक्का र सरकारी काममा रहनुहुनेले बिशेष लाभ लिन सक्नुहुन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसाय सम्बन्धी उचित निर्णय लिन नसक्दा अफ्ट्यारो अवस्था आउन सक्छ।  रियल स्टेटसँग सम्बन्धित व्यवसायीले नयाँ ग्राहकको माध्यमले अर्थोपार्जन गर्न सक्नुहोला । दैनिक कारोबारमा धनहानि हुने सम्भावना रहेको छ।  शेयर बजार कारोबारीले धेरै सोच बिचारको साथ कारोबार गर्नुहोला, गलत निर्णयको शिकार बन्ने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज विभिन्न प्रकारले धन लाभ हुन सक्दछ। दैनिक कारोबार फस्टाउने छ। जग्गा जमिन  तथा इलेक्ट्रोनिक माध्यमले कारोबारमा सक्रिय, शेयर बजारसँग सम्बद्ध कारोबारीहरुले आज विशेष लाभ उठाउन सक्नेछन। वित्तीय क्षेत्र मजबुद हुनेछ।  अनावस्यक बहसमा पर्न सकिने हुदा सतर्कता जरुरी छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक अवस्थामा क्रमिक सुधारको शुरुवात हुनेछ। व्यवसाय सम्बन्धी नयाँ अवधारणा विकसित हुनेछ। वित्तीय संस्थासँगको कारोबार सुखदायक हुनेछ। दैनिक आर्थिक कारोबार बढने योग रहेको छ।  शेयर बजारसँग सम्बद्ध कारोबारीहरुले लाभ लिन सक्नुहुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जीविकोपार्जनको क्षेत्रमा गरिएका नयाँ प्रयासहरु फलदायी हुनेछन् । व्यापारिक यात्राले आर्थिक लाभ हुनेछ। जग्गा जमिन सम्बन्धी झमेलाबाट पार पाउन सकिनेछ।  बैंक तथा वित्तीय क्षेत्रबाट भरपुर साथ मिल्नेछ।  उड्डयनसँग सम्बन्धित व्यवसायीले निराशा व्यहोर्न पर्ला।  साझेदारी व्यवसायमा आपसी विश्वासमा कमी महसुस होला। शेयर बजारमा हतारको निर्णयले पछुताउनु पर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ लगानीको लागि अति सम्हालिनु पर्नेछ।  गलत निर्णयको शिकार हुन सकिनेछ।  मशिनरी समान सम्बद्ध व्यवसायीहरुको लागि आजको दिन विशेष अशुभ रहन सक्छ।  वित्तीय क्षेत्रसँग सम्बन्ध व्यक्तिहरुलाई झुटा आरोप लाग्न सक्न्ने भएकोले विशेष सावधानी जरुरी छ।  शेयर कारोबारबाट लाभ लिन धेरै सकस पर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापार व्यवसायमा अगाडि बढ्ने अवसर प्राप्त हुनेछ । रियल स्टेट तथा शेयर कारोबारबाट लाभ लिन सकिने छ।  गीतसंगीत , तथा मनोरन्जनको क्षेत्रमा रहनुहुनेलाई राम्रो आर्थिक सफलता प्राप्त हुनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित काम र व्यापारमा उन्नति होला। दैनिक कारोबारमा सफलता प्राप्त हुनेछ। आफ्नो बहुमुल्य सामानको विशेष ख्याल गर्नुहोला।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।