बुटवल । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आज सोमबार बुटवल शाखा औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
शाखाको बुटवल उपमहानगरपालिका उपमेयर सावित्रीदेवी अर्यालले उद्घाटन गर्नुभयो ।
न्यून आय भएका नागरिकहरुलाई बीमाको पहुँचमा ल्याउने उद्धेश्यले यो माइक्रो इन्स्योरेन्स स्थापना भएको हो । उपमेयर अर्यालले जीवन बीमा सबैका लागि आवश्यक भएको भन्दै यस नगरका न्यून आय हुने नगरबासीको हितमा कार्यलय स्थापन गर्न बुटवल उपमहानगर छ्नोट गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नगर हातेमालो गर्न चाहेको धारणा ब्यक्त गर्नु भयो । बीमाको पहुँच ज्यालादारी मजदुरको पहुँचमा पुर्याउन पनि यस लघुबिमाको भूमरी रहने विश्वास व्यक्त गर्नु भयो ।
शाखा प्रमुख कृष्ण कुमार पुरीको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले लघु बिमाले न्यून आय भएका लाई समेटने बताउदै स्थानीय निकायसँग हातेमालो गर्दै बीमाको पहुँच विस्तार गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । जनताको घर दैलो सम्म सरल र सहज तरिकाले बीमाको सेवा पुराउने लक्ष्य लिएर अनलाइनबाट नै कारोबारलाई प्राथमिकता दिदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।