जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट देशभर उपलब्ध

अर्थबिट २०८२-१०-२६ १२:१९:०० बजे

काठमाण्डौ । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले कम्पनीमा रहेको ग्राहक विवरण अब आफैले अनलाइनमार्फत भरेर अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ ।

गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएकोमा कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा गत माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था गरिएको हो ।

यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/  मार्फत आवश्यक विवरण भर्न सक्ने छन् । यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसै अनुसार आफ्नो व्यक्तिगत र अन्य विवरण सहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ ।

सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्छ । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । 

अहिले पनि धेरै ग्राहकहरुको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ । यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।